बिहीबार, असार ४, २०८३

बीआरआईबाट ठूलो अपेक्षा नराख्नुस् : पूर्व अर्थमन्त्री पाण्डे

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन्।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन्।

National life

काठमाडौंमा शुक्रबार भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बीआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बीआरआई सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका हुन्।

उनले बीआरआई परियोजनामा चीन आक्रमक योजना नभएर सामान्य मात्रै रहेको बताए। उनले चीनसँगको बीआरआई सहयोगको जति व्यापक चर्चा भएपनि बीआरआई आउँछ भन्ने आशा नभएको बताए। पूर्व अर्थमन्त्री पाण्डेले नेपाल चीनको मोनविज्ञान बुझेर मात्रै अगाडि बढ्नुपर्ने उल्लेख गरे। 

उनले भने,‘नेपालसँग चीनको सिमित मात्रै चाहना रहेको छ। जहाँ नेपालबाट चीनमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर मात्रै नेपाललाई सामान्य किसिमको सहयोग गरेर बस्ने नीति हो। बीआरआईको कुरा गर्दा पनि चीनको एग्रेशिप योजना छैन सामान्य मात्रै देख्छु। काम गरिरहेको छ तर प्रगति केही छैन। अहिले जसरी बीआरआई एग्रेशिप भएर नेपाल आउँछ त भनेर व्यापक चर्चा भएको छ। मलाई पत्यार लागेको छैन। चीनबाट बीआरआई आउँछ भन्ने लाग्दैन। त्यसकारण चीनको यो मनोविज्ञानलाई बझेर अगाडि बढ्नुपर्छ। अमेरिकी सहयोग एमसीसी लिएर ठिक गरेका छौं।'

उनले नेपाल सरकारले अमेरिकी सहयोग एमसीसी पास गरेर ठिक गरेको बताए। पाण्डेले नोपलमा अमेरिकी सहयोग एमसीसी आउँदा चीनलाई चिन्ता भएर चासो उठाएको भन्दै नेपालमा अमेरिकाको उपस्थिती धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउने अवस्था आउने बताए। 'एमसीसी आउँदा चीनको चिन्ता चासो उठाएको होला। नेपालमा अमेरिकाको उपस्थिती धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउँछ। भारतले नै नेपाललाई धेरै सयोग आउन दिँदैन। त्यसकारण नेपाली यो सेन्सेटिभिटीलाई हेरेर वैदेशीक लगानी सम्बन्धि नीति बनाउनुपर्छ,' उनले भने, 'विश्वका मुलुकहरु अन्य स्वास्र्थमा हिँडेका होलान् तर नेपालले आफ्नो स्वास्र्थको लागि सबैसँग वैदेशीक सहयोग लिनुपर्छ। हरेक देशहरुको विकासका  नीतिहरुमा कृसियल फ्याक्टहरु हुन्छन। जुन कुरालाई देशको नेतृत्वले समाउन सक्यो त्यो देश बन्छ। समाउन नसक्ने देशहरु पछाडि जान्छन्।'

Shivam cement

भारतले नै नेपाललाई धेरै सहयोग आउन दिने अवस्था नभएको भन्दै विदेशी राष्ट्रहरुको स्वास्र्थलाई बुझेर मात्रै वैदेशीक लगानीसम्बन्धी नीति बनाउनुपर्ने बताए। उनले विश्वका मुलुकहरु अन्य स्वास्र्थमा हिँडेपनि नेपालले आफ्नो स्वार्थको लागि सबैसँग वैदेशीक सहयोग लिन सक्नुपर्ने बताए।

उनले थपे, 'नेपालले भारतसँग सटेन लेभलमा अण्डर स्टार्डिङ देखाउन सकेनौं भने कहिल्यै पनि अगाडि जान सक्दैनौं। यो वास्तविकलाई कुनैपनि नेतृत्वले बुझेन भने नयाँ नौ जवान वा पुरानो नेतृत्व आउनु केही पनि हुँदैन। यो वास्तविकता बुझेनन् भने अब आउने युवाहरुले पनि दुःख पाउछन्।’

पाण्डेले नेपालले भारतसँगको व्यापार नीति परिर्वतन गर्न नसके कहिल्यै पनि अगाडि बढ्न नसक्ने बताए। उनले देशको नेतृत्वले वास्तविक अन्तर्राष्ट्रिय कुटनीतिलाई बुझ्न नसके अब नेतृत्वमा आउने नयाँ नेतृत्वले समेत दुःख पाउने बताए। 

प्रकाशित: Sep 16, 2022| 20:33 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...