मंगलबार, असोज १, २०८१

ओलीसँग गठबन्धनबाट माओवादीका रञ्‍जित तामाङ भिड्ने, यस्तो छ अंकगणित?

स्थानीय निर्वाचनको वडागत मतका आधारमा हेर्दा झापा ५ मा एमाले बलियो देखिएको छ। त्यससँगै एमाले र राप्रपाको चुनावी गठबन्धनले ओलीलाई झनै शक्तिशाली बनाउने आकलन छ।
 |  आइतबार, असोज २, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

आइतबार, असोज २, २०७९

इटहरी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवार बन्‍ने पक्का भएको छ। ओलीसँगै सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन्। झापाका ५ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले १, २, ३, ४ र माओवादी केन्द्रले ५ मा उम्मेदवारी पाउने भएको छ। 

triton college

हालसम्म माओवादीका उम्मेदवारको टुंगो नलागे पनि युवा नेता रञ्‍जित तामाङको सम्भावना देखिन्छ। प्रदेश कोषाध्यक्ष गगन पुरीलाई सरकारी जग्गा किर्ते गरेको अभियोग लागेको छ। उनी स्वाभाविक रूपमा कमजोर उम्मेदवार हुन्। यसअघि २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा माओवादी केन्द्रकै विश्वदिप लिङ्देनले ओलीलाई पराजित गरेका थिए। हाल लिङ्देन नेपाली कांग्रेसमा क्रियाशील छन्।

हाल ओलीको क्षेत्रकै दमक नगरपालिकाको मेयर भने सत्तारुढ गठबन्धनसँग राप्रपाले तालमेलले गर्दा एमाले पराजित भएको छ। ओलीकै गृह नगरमा एमाले पराजित गराउने गठबन्धनको उद्देश्य बमाजिम राप्रपाका राम थापाले मेयर बन्‍ने अवसर पाएका हुन्। 

तथापि झापा ५ मा ओली अझै शक्तिशाली देखिन्छन्। झापाको निर्वाचन क्षेत्र ५ मा २९ वटा रहेका। स्थानीय तहको निर्वाचनको परिणाम अनुसार १८ वटा वडामा एमाले प्यानलै विजयी भएको छ। गौरादह नगरपालिकाका १, २, ३, ४, ५, ६, ७ र ८ नम्बर, गौरीगंज गाउँपालिकाका ३, ४, ५ र ६, नम्बर वडा पर्छन्। त्यस्तै दमक नगरपालिकाका र कमल गाउँपालिकाका सबै वडा क्षेत्र नम्बर ५ मा पर्छन्।

गौरीगंज गाउँपालिकामा अध्यक्षसहित २ वटा वडामा कांग्रेस, उपाध्यक्षसहित तीन वटा वडामा एमाले र एउटा वडामा माओवादी विजयी भएको छ। कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ। त्यससँगै १ नम्बर वडामा कांग्रेस र अन्य ५ वडामा एमाले विजयी भएको छ। 

Metro Mart
vianet
स्थानीय निर्वाचनको वडागत मतका आधारमा हेर्दा झापा ५ मा एमाले बलियो देखिएको छ। त्यससँगै एमाले र राप्रपाको चुनावी गठबन्धनले ओलीलाई झनै शक्तिशाली बनाउने आँकलन हुन थालेको छ। वडाको मतपरिणामको आधारमा एमाले ४१ हजार ६ सय १९ र राप्रपा ८ हजार ३ सय ५३ गरी ४९ हजार ९ सय ७२ हुन्छ। 

गौरादह नगरपालिकामा एमालेले अध्यक्ष-उपाध्यक्षसहित निर्वाचन क्षेत्र-५ मा पर्ने ६ वटा वडा जितेको छ। दमक नगरपालिकाको मेयर र उपमेयरमै एमाले पराजित भयो। १० वडा रहेको दमकमा एमालेले ७, कांग्रेसले २ र राप्रपाले १ मात्र वडाध्यक्षमा नेतृत्व गर्ने अवसर पाएको छ। 

स्थानीय निर्वाचनको वडागत मतका आधारमा हेर्दा झापा ५ मा एमाले बलियो देखिएको छ। त्यससँगै एमाले र राप्रपाको चुनावी गठबन्धनले ओलीलाई झनै शक्तिशाली बनाउने आँकलन हुन थालेको छ। वडाको मतपरिणामको आधारमा एमाले ४१ हजार ६ सय १९ र राप्रपा ८ हजार ३ सय ५३ गरी ४९ हजार ९ सय ७२ हुन्छ। 

सत्तारुढ गठबन्धनतर्फबाट कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७ सय ८८, र एकीकृत समाजवादीले १ हजार ९ सय ८८ मत गरी ३४ हजार ७ सय ९८ मात्र हुन्छ। यही आधारमा पनि ओलीको शक्तिशाली देखिएका हुन्।

स्थानीय निर्वाचनमा दमकमा भएको जस्तो राप्रपा र सत्तारुढ गठबन्धन बीच एकता हुने सम्भावना छैन। झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाबीच तालमेल असम्भव भएपछि एमाले र राप्रपा दुवैलाई फाइदा पुग्‍ने भएको हो।

२०७० को निर्वाचनमा ओली अत्यधिक मतका साथ विजयी भए। २०७४ को चुनावमा ओलीका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याउँदा वाम गठबन्धनबाट ओलीले ५७ हजार १ सय ३९ मत पाएका थिए। स्थानीय निर्वाचनको परिणामको आधारमा पुनः ओली त्यही हाराहारीको मतान्तरमा विजयी हुने सम्भावना देखिन्छ। 

ओलीको राजनीतिक यात्रा
२००८ सालमा तेह्रथुममा जन्मिएका ओली २०२० सालमा झापामा बसाई सरेका हुन्। २०२३ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य हुँदै २०२५ सालमा कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्य र २०२६ सालमा पार्टी सदस्य भए। 

सिपी मैनाली र राधाकृष्ण मैनालीसँगै उनी झापा आन्दोलनमा होमिए। २०२८ सालको झापा क्रान्तिमा ९ जनाको हत्या भयो। राष्ट्रिय पञ्चायत पूर्व सदस्य धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी ढकालको हत्याले माहोल भड्कायो। ओली संलग्‍न सो घटनामा प्रशासनले कडा निगरानी गर्‍यो। घटनामा संलग्‍न भएको आरोपमा पक्राउ परेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई २०२९ फागुन २१ गते सरकार पक्षले सुखानीको जङ्गलमा हत्या गर्‍यो। 

ओली भने भागेर भारत पसे। नेपाल छिर्ने क्रममा २०३० असोज २३ गते रौतहटको गौरबाट ओली पक्राउ परे। सोही हत्या आरोपमा १४ वर्ष जेल सजाय भुक्तान गरेर २०४४ असार ११ गते रिहा भए। २०४४ पुस २ मा पार्टीको केन्द्रीय सदस्य र लुम्बिनी अञ्‍चल इन्चार्ज बने।

२०४७ सालमा स्थापना भएको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष भएका थिए। त्यसैको आधारमा अहिलेसम्म युवासंघ नेपालमा उनको प्रभाव कायमै छ। २०४७ पुस २२ मा माले र मार्क्सवादी अध्ययन दलबीच एकता भई बनेको एमालेको केन्द्रीय सदस्य भए। त्यससँगै विदेश विभाग प्रमुखको जिम्मेवारीमा पुगे। २०५० सालमा उनी पहिलो पटक एमालेको पोलिटब्युरो सदस्यसँगै प्रचार विभाग प्रमुख भए।

२०४८ सालमा झापा ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएर संसदीय यात्रा सुरुवात गरे। २०५१ को मध्यावधि निर्वाचनमा उनी झापा क्षेत्र नम्बर २ बाट पुनः निर्वाचित भए। २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारमा ४३ वर्षकै उमेरमा गृहमन्त्री भए। त्यसयता २०५६ मा पनि उनी झापा-७ बाट निर्वाचित भए। २०६४ मा पहिलो पटक पराजित भएका ओली त्यसपछिका सम्पूर्ण निर्वाचनमा विजयी हुँदै आएका छन्। 

प्रकाशित: Sep 18, 2022| 07:14 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...