काठमाडौं- मोटरसाइकल कम्पनी 'रोयल इनफिल्ड'को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राइड-२०२२' कार्यक्रम आयोजन गर्ने भएको छ। रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन्।
वान राइड विश्वभर एकै दिन आयोजना गरिन्छ। यस पटक को राइडको नारा- वान वर्ल्ड, वान मिसन, वान राइड रहेको छ।
‘वान राइड-२०२२' कार्यक्रम यही असोज २ गते हुनेछ। बिहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु हुने यो राइड चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिने छ। यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्कम खेल तथा सीएसआर कार्यहरुसमेत हुनेछ।
सीएसआरको कार्यक्रम अनुरुप चित्लाङमा रहेको 'श्री कालीदेवी आधारभुत विद्यालय' का विधार्थीलाई स्कुल ब्याग वितरण गरिने छ।
वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो। विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न लागिएको हो। यसरी सुरु गरिएको राइड विश्वमा दुई पांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ। वार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठूलो कार्यक्रम मानिन्छ।
विश्वमा देखिएको वातावरणीय, पर्यावरण, मौसममा भएको परिवर्तनका कारणले जलचर, थलचरलाई प्रभावित भएको हुदाँ पर्यावरण संरक्षण एवं दूर-दराजसम्म पुगी सहयोग गर्ने उद्देश्य राखेको बताइएको छ।