बिहीबार, असोज ८, २०८३

उपायको ढुवानी सेवा इसेवामार्फत बुक गर्न सकिने

"उपाय" र "इसेवा"ले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन्। जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुनेछ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- "उपाय" र "इसेवा"ले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन्। जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुनेछ।

प्रारम्भिक चरणमा, इसेवाले आफ्नो एपमा “घर सराई सेवा” समावेश गर्नेछ। एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिनेछ। उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सकिनेछ।

अशोज महिना देखि यो एप मार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने छ। उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने, ‘यो साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ’।

इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भने, ‘इसेवाले जहिलेपनि आम जनतालाई सहज हुने किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरु थप गर्दै जानेछौँ ’।


प्रकाशित: Sep 16, 2022| 17:32 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्