काठमाडौं- नेपालमा अनलाइनमार्फत् बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि अग्रिम टिकट बुकिङ शुरू गरेको छ। यात्रुहरूले नेपालका कुनैपनि गन्तव्यका टिकट आफ्नो मोबाईल मार्फत सहजै काट्न सकिनेछ।
बुकिङ खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। साथै दशैँमा गएका यात्रुहरूले पर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन्। बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ।
यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन्। यात्रुहरूले असोज १ गतेदेखि मोबाईल देखि नै आफ्नो गन्तब्यको टिकट काट्न सक्नेछन्। अनलाइनबाट टिकट काट्न इसेवा एकाउन्ट भएका ग्राहकले सीधै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन्।
मुलुकभर रहेका इसेवाका १ लाख ५० हजारभन्दा बढी एजेन्ट नेटवर्कबाट समेत टिकाट काट्न सकिनेछ। साथै खल्ती,आइएमईपेका एजेन्ट नेटवर्कका साथै हरेक बैंकका मोबाईल बैंकिङमार्फत् समेत टिकट काट्न सकिनेछ।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो। बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन्।