बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भिभोले नेपालमा सार्वजनिक गर्‍यो दुई नयाँ स्मार्टफोन

भिभोले नेपालमा सार्वजनिक गर्‍यो दुई नयाँ स्मार्टफोन

भिभोले शुक्रबार वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू वाई३५ र वाई२२ सार्वजनिक गरेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- भिभोले शुक्रबार वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू वाई३५ र वाई२२ सार्वजनिक गरेको छ। वाई सिरिजका स्मार्टफोनहरू प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र सार्वजनिक भएका यी दुवै फोनले पनि फ्ल्याग शिप अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ।

National life

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सिइओ माइकलले भने, 'हामीले भिभो वाई३५ र वाई२२ नेपालमा उपलब्ध गराएका छौं जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन्। हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरूका साथ असाधारण अनुभव प्रदान गर्छ।'

स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाई३५ ले प्रयोगकर्ताहरूलाई सहज अनुभवको लागि विस्तारित र्‍याम ३.० अर्थात ८जीवी र्‍याममा थप ८ जीवीसम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिने बताइएको छ।  एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ। यसमा ५००० एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यास चार्जले समर्थन गर्छ। 

यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उच्च र गुणस्तरिय तस्बिरहरू खिच्छ। व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ। यसमा सुपर नाइट क्यामेरा विशेषताहरू छन् जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्छ। 

त्यस्तै, बोकेह फ्लेयर पोट्र्रेटले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट पोट्र्रेटहरू खिच्न मद्दत गर्दछ। भिभो वाई२२ ले प्रयोगकर्ताहरूलाई आकर्षक विशेषताहरुको साथ अर्को उत्कृष्ट विकल्प प्रदान गर्छ। 

Shivam cement

वाई२२मा १८वाट फास्ट चार्जको साथमा शक्तिशाली ५००० एमएएच ब्याट्रीद्वारा सञ्चालित छ। वाई२२ मा ५० एमपी रियर क्यामेरा छ जसबाट स्पष्ट र ब्राइट तस्बिरहरू लिन सकिने कम्पनीले बताएको छ। 

वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्युटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन्। भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ। त्यस्तै मल्टि स्टाइल पोट्र्रेटले धेरै पोट्र्रेट स्टाइलहरू समावेश गर्दछ।

दुवै फोन मिनिमलिस्ट स्टाइलका छन् र एजी सर्फेशका कारणहोल्ड गर्न सहज छन्। २.५ डीक र्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ। यसका साथै, दुवै फोनमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर रहेको कम्पनीले बताएको छ। 

वाई ३५ (८जीवी प्लस १२८जीवी)दुई ट्रेन्डी कलर भेरियन्ट एगेट ब्ल्याक र डनगोल्ड कलरमा ३० हजार ९९९ रुपैयाँमा उपलब्ध छ। त्यस्तै ४ जीवी र्‍याम र ६४ जीवी रोम भएको वाई २२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा २२ हजार ९९९ रुपैयाँमा उपलब्ध छ।

प्रकाशित: Sep 16, 2022| 17:12 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्