बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआइसी एशिया बैंकद्वारा २० लाख रुपैयाँ बीमा रकम भुक्तानी

एनआइसी एशिया बैंकद्वारा २० लाख रुपैयाँ बीमा रकम भुक्तानी

एनआइसी एशिया बैंकले २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत २ जना ग्राहकहरूलाई खातामा उपलब्ध घातक रोग बीमा बापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- एनआइसी एशिया बैंकले २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत २ जना ग्राहकहरूलाई खातामा उपलब्ध घातक रोग बीमा बापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो।

National life

बैंकको नेपालगञ्ज शाखामा 'एम्बेसडर' श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेको स्व. महेश कपालीको हिताधिकारीहरूलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे।  बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो। 

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १ हजार ७३३ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा बापत रू. २ करोड ६० लाख रुपैयाँ, दुर्घटना बीमा बापत ७० लाख रुपैयाँ र मेडिकल बीमा बापत ३ करोड ३१ लाख रुपैयाँ गरी कुल ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ।

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा रहेको 'सर्वश्रेष्ठ बचत योजनाहरू' सञ्चालन गरिरहेको छ। 

यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन्। 

Shivam cement

साथै, यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श सेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रूपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Sep 16, 2022| 17:11 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्