बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई फेस्टिभ डिलाइट योजना

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई फेस्टिभ डिलाइट योजना

लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेताले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना सार्वजनिक गरेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९
National life
Shivam cement

काठमाडौं- लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेताले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना सार्वजनिक गरेको छ। यो ग्राहकमुखी योजना ३० भदौदेखि लागू भएको कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्नेछन्। साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पनि पाउनेछन्। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको भनाइ छ।


प्रकाशित: Sep 16, 2022| 17:10 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्