बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोकाकोलाको दसैं विशेष क्याम्पेन ‘सम्बन्ध उत्सव स्वादसँग’

कोकाकोलाको दसैं विशेष क्याम्पेन ‘सम्बन्ध उत्सव स्वादसँग’

पेयपदार्थ कोकाकोलाले यो वर्षको दसैंको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेनको सुरुवात गरेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- पेयपदार्थ कोकाकोलाले यो वर्षको दसैंको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेनको सुरुवात गरेको छ। कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले यो वर्षको क्याम्पेनले दसैंको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको बताए।

‘यो क्याम्पेनको अर्थ पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मिठो–मिठो परिकारहरु बनाएर सँगै बसेर खाने हो’ उनले भने। कोकाकोलाले विगतका वर्षदेखि मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंलाई लिने गरेको छ।

हरेक वर्षको दसैंमा उपभोक्ताका लागि नयाँ र रोमाञ्चक ‘थिम’सहित क्याम्पेन गर्दै आएको छ। कोकाकोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरु भएको बोतल दसैंको समयमा बजारमा ल्याउने गर्छ।


प्रकाशित: Sep 16, 2022| 17:09 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्