बुधबार, असार ३, २०८३

दसैं जुत्ताचप्पल मेलामा उपभोक्ताको घुइँचो

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले संचालनमा ल्याएको ‘दशैं जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको भिड बढन थालेको छ ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले संचालनमा ल्याएको ‘दशैं जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको भिड बढन थालेको छ । चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो मूल्यमा जुत्ताचप्पल पाएपछि मेलामा ग्राहकहरुको आकर्षण चुलिएको हो ।

National life

भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, एस लेदरका २ हजारभन्दा बढि आकर्षक र नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको आयोजक तथा शिखर शुजका प्रबन्धक निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए ।

यसअघि पटक–पटक महाकुम्भ जुत्ता मेला संचालन गरेको समूहले नै दशै जुत्ता चप्पल मेला आयोजना गरेका हुन् । ‘उपभोक्ताको पहिलाको क्रेज र विश्वासलाई जित्न फेरि मेला संचालनमा ल्याएका छौं’, प्रसाईले बताए । बजारमा सस्तो जुत्तालाई पनि महँगो मुल्य राखेर उपभोक्ताई ठग्ने गरिएकोमा यो मेलामा जति हो त्यती नै मुल्य राखिदा बार्गेनिङ गरिरहन नपरेको र ठगिनबाट जोगिएको मेलामा जुत्ता छानिरहेका इमाडोलका रविन डंगोलले बताए ।

एउटै छानामुनी उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको आयोजकको भनाई छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाई छ ।


प्रकाशित: Sep 16, 2022| 17:07 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्