मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेले गर्‍यो सांसदहरुलाई बिदाई, ओलीले भने- गठबन्धनको भण्डाफोर गर्नू

एमालेले गर्‍यो सांसदहरुलाई बिदाई, ओलीले भने- गठबन्धनको भण्डाफोर गर्नू

त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका थिए। अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई वहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेताहरुलाई आग्रह गरेका थिए।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको छ। एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गरेको हो। 

शुक्रबार नयाँबानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिए। 

त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका थिए। अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई बहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेताहरुलाई आग्रह गरेका थिए। 

‘आज हामीले संसदको अन्तिम क्षणमा हाम्रो दलका नेता अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दलको बैठक बसेर हामीले प्रतिनिधि सभाका सांसदहरुलाई यहाँबाट बिदाई गरेका छौँ,' भट्टराईले भने, 'अब दत्तचित्त भएर सन्निकट निर्वाचनमा नेकपा (एमाले) लाई बहुमत दिलाउनका लागि सशक्त भूमिकाका साथ अगाडि बढ्न संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन गर्नुभएको छ।’ 

अध्यक्ष ओलीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा संसदमा खेलेको भूमिकाप्रति सांसदलाई धन्यवाद ज्ञापन गरेका थिए। 


प्रकाशित: Sep 16, 2022| 16:29 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...