बुधबार, असार ३, २०८३

एमालेले बोलायो सचिवालय बैठक, एजेन्डा उम्मेदवार सिफारिस

एमालेले क्षेत्रीय, जिल्ला हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरी पठाउन निर्देशन दिएकामा सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल हुने।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा एमालेले शनिबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ। ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छान्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताएका हुन्।

उनले भने, ‘शनिबारको बैठकमा चुनावी एजेन्डाबारे छलफल हुनेछ।’  भदौ दोस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरी पठाउन निर्देशन दिइसकेको छ।

सोही निर्देशनअनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो। २–३ असोजमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्न थालेको बताइएको छ। एमालेले समानुपातिकबाट यसअघि सांसद भएकालाई विशेष अवस्थाबाहेक पुनः टिकट नदिने मापदण्ड बनाएको छ।

प्रकाशित: Sep 16, 2022| 16:21 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...