बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिमा विधेयक पारित, बिमा समितिलाई प्राधिकरणमा जान खुल्यो बाटो

बिमा विधेयक पारित, बिमा समितिलाई प्राधिकरणमा जान खुल्यो बाटो

दुवै सदनले पारित गरेको बिमा विधेयकमा राष्ट्रपतिले लालमोहर लगाएपछि ऐनमा परिणत हुनेछ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्रिय सभाले स्वीकृत गरेको बिमा विधेयक, २०७५ लाई प्रतिनिधिसभाको बैठकले शुक्रबार पारित गरेको छ।  यो विधेयक करिब साढे ४ वर्षपछि गत २९ साउनमा प्रतिनिधिसभाबाट स्वीकृत भएको थियो।

सो विधेयक राष्ट्रिय सभाको २१ भदौको बैठकले सर्वसम्मत स्वीकृत गरेको थियो। राष्ट्रिय सभाले पारित गरेको विधेयक पुनः प्रतिनिधिसभामा पेस भई पारित भएसँगै अब लालमोहरका लागि राष्ट्रपतिकहाँ पठाइनेछ।

राष्ट्रपतिले लालमोहर लगाएपछि विधेयक ऐनमा परिणत हुनेछ। राष्ट्रपतिबाट लालमोहर लागेको ऐन सरकारी राजपत्रमा प्रकाशित हुनेबित्तिकै कार्यान्वयनमा आउनेछ। 

प्रकाशित: Sep 16, 2022| 15:37 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्