बिहीबार, असोज ८, २०८३

भारतबाट घटेर आयो पेट्रोलियमको भाउ

शुक्रबारबाट लागू हुने गरी आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रुपैयाँ घटेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं– भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थमा मूल्य घटेको सूची नेपाल आयल निगमलाई पठाएको छ। आईओसी)बाट शुक्रबार पेट्रोलियम पदार्थमा मूल्य घटेर आएको हो।

शुक्रबारबाट लागू हुने गरी पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रुपैया घटेको छ। अब निगमले पेट्रोल बिक्रीबाट प्रतिलिटर ८ रुपैयाँ कमाउनेछडिजेल पनि प्रतिलिटर ४४ पैसा घटेर आएको छ।

हाल निगमले पेट्रोल प्रतिलिटर १८१ र डिजेल १७८ रुपैयाँ प्रतिलिटरमा बेच्दै आएको छ। भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले घाटाको कारण जनाउँदै तत्काल मूल्य समायोजन नगर्ने भएको छ।

प्रकाशित: Sep 16, 2022| 15:21 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्