मंगलबार, साउन १९, २०८३

एमाले संसदीय दलको अन्तिम बैठक, ओलीले गरे सम्बोधन

आउँदो चुनावमा एमाले–गठबन्धनबीच प्रतिस्पर्धा हुने हुँदा सोहीअनुसार चुनावी अभियानमा होमिन ओली निर्देशन।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं– प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन एमालेको अन्तिम संसदीय दल बैठक बसेको छ। प्रतिनिधिसभाको कार्यकाल १ असोजमा सकिँदै छ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ सम्बोधन गरे।

उनले संसदको पाँच वर्षे कार्यकालको समीक्षा गर्दै अबको चुनावमा पार्टी जितका लागि सम्पूर्ण शक्ति लगाउन सांसदहरूलाई आग्रह गरे।

प्रतिनिधिसभामा एमाले सांसदले वहन गरेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ छ।

ओलीले भने, ‘यस अवधिमा धेरै खाले उतारचढाव आए। एमालेका माननीयले निकै राम्रो भूमिका खेल्नुभयो। त्यसका लागि धन्यवाद दिन चाहन्छु।’

ओलीले पार्टी विभाजन हुनु वामपन्थी एकताका लागि अहित भएको प्रसंग पनि कोट्याए।

‘केही साथीहरू पार्टी फुटाएर जानुभयो। संसदमा माझीदाइ देश बचाइदेऊ भन्दै गीत गाएर ताण्डव देखाए साथीहरूले,’ ओलीले भने।

आउँदो चुनावमा एमाले–गठबन्धनबीच प्रतिस्पर्धा हुने हुँदा सोहीअनुसार चुनावी अभियानमा होमिन निर्देशन दिए।

प्रकाशित: Sep 16, 2022| 13:08 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...