मंगलबार, साउन १९, २०८३

प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातसम्म

सरकारले प्रतिनिधिसभाको कार्यकाल अन्त्य गर्ने तयारी गरेको छ। कार्यकाल अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने विषयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- सरकारले प्रतिनिधिसभाको कार्यकाल अन्त्य गर्ने तयारी गरेको छ। कार्यकाल अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने विषयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। 

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिनिधिसभाको कार्यकाल अन्त्य गर्ने एजेन्डा पेस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। यसबारे निर्णय गरेर आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी रहेको स्रोतले जनाएको छ। 

असोज १ गते शनिबार मध्यराति १२ बजेदेखि संसद् अन्त्य गर्ने तयारी छ। मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिकहाँ सिफारिस गरेपछि राष्ट्रपति अन्त्य भएको घोषणा हुनेछ।

मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको कार्यक्रम आइतबार सुरु हुँदैछ।

प्रकाशित: Sep 16, 2022| 11:53 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...