बिहीबार, असोज ८, २०८३

अर्थले जुटायो निर्वाचनका लागि १८ अर्बको स्रोत

निर्वाचन कार्यक्रम अगाडि बढाउन आयोगलाई अर्थ मन्त्रालयले दियो रकम।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं– अर्थ मन्त्रालयले आगामी ४ मंसिरमा  हुने निर्वाचनका लागि निर्वाचन आयोगलाई १८ अर्ब रुपैयाँ दिने गरी स्रोत सुनिश्चित गरेको छ। अर्थले यसअन्तर्गत आयोगलाई १० अर्ब रुपैयाँ दिनेछ। सोही रकमभित्र रहेर निर्वाचनसम्बन्धी काम थाल्न अर्थले आयोगलाई आग्रह गरेको छ।

आयोगले ११ अर्ब बढी रकम अर्थ मन्त्रालयसँग मागेको थियो। अर्थले सुरक्षा निकायलाई पनि १ अर्ब १२ करोड रुपैयाँ सवारी साधन खरिदका लागि दिने गरी खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

निर्वाचन प्रयोजनका अन्य कार्यका लागि ७ अर्ब ६७ करोड रुपैयाँ दिइने अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। आगामी ४ मंसिरमा संघीय र प्रदेशसभा निर्वाचन हुँदै छ।

प्रकाशित: Sep 16, 2022| 11:21 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्