बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा : सहकारी पुरस्कृत

महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा : सहकारी पुरस्कृत

हेफर इन्टरनेसनल नेपालमा सञ्चालन भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उत्सवको बिहीबार उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देश समृद्ध बनाउन महिलाले राज्य सञ्चालन गर्नुपर्ने बताए।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

लुम्बिनी- महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा सम्पन्न भएको छ। हेफर इन्टरनेसनल नेपालमा सञ्चालन भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उत्सवको बिहीबार उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देश समृद्ध बनाउन महिलाले राज्य सञ्चालन गर्नुपर्ने बताए। 

५० प्रतिशत बढी जनसंख्या ओगटेका महिलाको सशक्तीकरण गर्न सके नेपालले प्रगति हासिल गर्ने उनको विश्वास थियो। पुरातनवादी दृष्टिकोणकका कारण मलिालाई पछाडि पारिएको जनाउँदै उनले अब महिला नेतृत्व तहमा आउनुपर्नेमा जोड दिए।

पूर्व सांसद गोकर्ण विष्टले सामाजिक न्याय, समानता र विश्वव्यापी भाइचाराको विकास गर्न आवश्यक रहेकामा जोड दिए। पूर्व सांसद देवेन्द्रराज कँडेलले गरिबीको रेखामुनि रहेको समुदायलाई सहकारीमार्फत जीवनस्तर उकास्ने काम राज्यको भए पनि यसमा हेफरको योगदान भएको चर्चा गरे।

नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, नेपाली कांग्रेसका प्रमुख सचेतक तुलाराम घर्ती र नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले महिलाले सञ्चालन गरेका सहकारी समुदायमा स्थापित भएको जनाउँदै त्यस्ता सहकारीमार्फत महिलाको आर्थिक सशक्तीकरण भएको बताए।

हेफर इन्टरनेशनलका प्रमुख वित्तीय अधिकृत मार्सिया रस्मुसेनले हेफरलाई महिलाले अभिभावका रूपमा लिएकामा गर्व लागेको बताए। हेफरले साझेदारीलाई महत्व दिँदै स्थानीय तह र निजी क्षेत्रसँग जोडिएर काम गर्दै आएको बताए। हेफर नेपालका वरिष्ठ उपाध्यक्ष डा महेन्द्रनाथ लोहनीले २५ वर्षअघि २५ महिलाबाट सुरु भएको संस्थामा अहिले दुई सय ५५ सहकारीका झण्डै चार लाख परिवार जोडिएको बताए।  -रासस

प्रकाशित: Sep 16, 2022| 08:50 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्