आइतबार, मंसिर ७, २०८२

महिला साफको सेमिफाइनलमा नेपाल र भारत भिड्दै

दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा समूह ए को विजेता बंगलादेशले समूह बी को उपविजेता भुटानको सामना गर्नेछ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार दुवै सेमिफायइनल खेल हुँदैछन्। दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा समूह ए को विजेता बंगलादेशले समूह बी को उपविजेता भुटानको सामना गर्नेछ। समूहचरणको अन्तिम खेलमा भारतको महिला टिमलाई हराउँदै बंगलादेश समूह विजेता भएको थियो।

National life

यता, भारतले भने साफको २५औं खेलमा पहिलो पटक हार बेहोरेको हो। यसले पाँच पटकसम्म अपराजित रहँदै उपाधि जितिसकेको छ। त्यहि टिम भारतसँग आज नेपाली टिम खेल्न लागेको हो।

भुटान केहि नयाँ गर्ने उद्देश्यले यो वर्ष काठमाडौं आइपुगेको थियो। उसले यो वर्ष पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको छ भने साफमा पनि पहिलो पटक जित निकालेको छ। उसले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ७-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।  तर उसलाई बंगलादेश निकै ठूलो प्रतिस्पर्धि सावित हुनेछ।

यता नेपालले भने साँझ साढे पाँचबाट सुरु हुने खेलमा भारतको सामना गर्न लागेको हो। भारत यो वर्ष पनि उपाधि रक्षा गर्न चहान्छ। यता, नेपाल भने घरेलु मैदानमा पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ।

‘भारतको टिमसँग धेरै अनुभव रहेको छ। हामी त्यो अनुभवलाई बिट गर्दै साफमा जित निकाल्न चहान्छौं र फाइनलको यात्रा गर्नेछौं,’ लिग चरणको खेल सकिएसँगै नेपाली टिमका मूख्य प्रशिक्षक कुमार केसी भन्छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 16, 2022| 08:30 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।