मंगलबार, साउन १९, २०८३

महाभियोग सिफारिस समितिले जबरासँग आज पनि बयान लिने

संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिने भएको छ। जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको समितिले जनाएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिने भएको छ। जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको समितिले जनाएको छ।

यसअघि समितिले उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ। बयानका क्रममा जबराले सात जना वकिलको नाम लिएका थिए। समितिले बिहीबार उनीहरूसँग सोधपुछ  गरेको थियो। 

सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन्। 

महाभियोग सिफारिस समितिमा गएका सात जना कानुन व्यवसायीले जबराले लगाएको आरोप पूर्वाग्रही र गलत रहेको दाबी गरेका छन्। समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमका अनुसार समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा आजको बैठकले निर्णय गर्नेछ।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि मगाउने भएको छ। समितिले न्यायपरिषदबाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको सभापति रामबहादुर विष्टले जानकारी दिए। प्रतिनिधि सभाको कार्यकाल भोलि मध्यरातिदेखि अन्त्य गर्ने सरकारले तयारी गरेको छ।  

जसअनुसार अब प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिसमक्ष दुई दिन मात्र बाँकी छ। 

प्रकाशित: Sep 16, 2022| 08:20 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...