सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २२ पैसा र बिक्री दर १२७ रुपैयाँ ८२ पैसा कायम गरेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २२ पैसा र बिक्री दर १२७ रुपैयाँ ८२ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२६ रुपैयाँ ८८ पैसा र बिक्री दर १२७ रुपैयाँ ४७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ २१ पैसा र बिक्री दर १४६ रुपैयाँ ९० पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५६ पैसा र बिक्री दर ८५ रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९४ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८ रुपैयाँ ९० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १९ पैसा र बिक्री दर १८ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८४ पैसा र बिक्री दर ३४ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १० पैसा र बिक्री दर ९ रुपैयाँ १४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Sep 16, 2022| 07:30 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्