बिहीबार, असोज ८, २०८३

राष्ट्रिय वाणिज्य बैंकले बढायो ब्याजदर

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ। बैंकले विभिन्न खातामा असोज १ गते, शनिबारबार बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ। बैंकले विभिन्न खातामा असोज १ गते, शनिबारबार बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो।

बैंकले असोजदेखि लागू हुने गरी बैंकको ब्याजदरमा बृद्धि गरेको छ। विगत ६ महिनादेखि ब्याजदरमा कायम भद्र सहमती अब तोड्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले वाणिज्य बैंकले स्वतन्त्र रूपले ब्याजदर तोक्न सक्ने निर्णय गरेको थियो।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ। 

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ। बैंकले रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३ प्रतिशत व्याज प्रदान गर्ने छ। 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.८६ प्रतिशत रहेको छ।



प्रकाशित: Sep 16, 2022| 06:39 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्