शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रशिक्षक, खेलाडी र सम्बन्धलाई सक्रिय बनाउन 'असल मित्र' बंगलादेशसँग प्रतिस्पर्धा

प्रशिक्षक, खेलाडी र सम्बन्धलाई सक्रिय बनाउन 'असल मित्र' बंगलादेशसँग प्रतिस्पर्धा

‘हामीसँग खेल नभइरहेको अवस्थामा खेलाडीलाई व्यस्त बनाउनका लागि खेल कृयाकलाप बढाउन यो खेल आयोजना गरिएको हो। यसले र्‍यांकिङमा प्रभाव पारिरहेको छ,’ प्रवक्ता शाहले भने, ‘दुई महिनाबाट हाम्रो टिम अभ्यासमा छ। आशा गरौँ सकारात्मका नतिजा प्राप्त हुनेछ।’
 |  शुक्रबार, भदौ ३१, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- नेपालले बंगालदेश, मंगोलिया र लाओसलाई केही महिना अघि मैत्रीपूर्ण फुटबल खेलका लागि निमन्त्रणा गरेको थियो। तर, नेपाली फुटबलको असल साथी बंगलादेशबाहेक अरु देशले जवाफ पठाएनन्। त्यसैले नेपालले आगामी असोजको ११ गते बंगलादेशको सिनियर पुरुष फुटबल टिमसँग मैत्रीपूर्ण खेल्न लागेको छ।

triton college

‘नेपाली राष्ट्रिय फुटबल टिमले लामो समयसम्म खेल नखेलेको कारण एन्फाले बंगलादेशसँगको मैत्रीपूर्ण खेल आयोजना गरेको हो,’ प्रतियोगिताबारे जानकारी दिँदै एन्फाका प्रवक्त शुरेस शाहले भने। त्यसो त प्रतियोगिताका लागि एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै टिकट मूल्यबारे पनि जानकारी दिइसकेको छ।

दशरथ रंगशालामा नेपाल र बंगलादेशको खेल हेर्नका लागि साधारण प्यारापिटमा बस्‍न चाहनेले पाँच सय र भीआईपीमा बस्‍न चाहनेले एक हजारको टिकट काट्नुपर्ने छ। यहि खेलका लागि भनेर अहिले राष्ट्रिय फुटबल टिममा ४० खेलाडी प्रशिक्षणमा रहेका छन्। एन्फाले यो मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा प्रदिप हुमागाईँलाई कार्यबाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

त्यसको केही समयमा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिइसकेका छन्। उनले एन्फालाई राजिनामा दिइसकेको उपाध्यक्ष विराटजंग शाहीले पुष्टि गरेका छन्। राष्ट्रिय टिमका खेलाडीसँग मुख्य प्रशिक्षककै विवाद बढेपछि उनीबारे एन्फाले छानबिन गरेको थियो। समितिले छानविन गरेर एन्फालाई प्रतिवेदन पनि बुझाएको थियो। सो प्रतिवेदनकै आधारमा एन्फाले प्रशिक्षक अलमुताइरीलाई केही प्रश्न सोधेको थियो।

उनले भने, ‘हामीले अलमुताइरीलाई प्रश्न सोधका थियौँ। त्यसपछि उनलाई बर्खास्त गर्नुअघि नै अब्दुल्लाहबाट राजीनामा आइसकेको छ।’ 

corrent noodles
Metro Mart

मुख्य प्रशिक्षकले राजीनामा दिइसके पनि एन्फाले स्वीकृत गरिसकेको भने छैन। अब स्वीकृति हुन्छ कि हुँदैन त? उनले भने, ‘आउँदो कार्यसमिति बैठकमा राजीनामा स्वीकृत गर्दै अर्को मुख्य प्रशिक्षक नियुक्त गर्नेछौं।’

अहिले एन्फाले मुख्य प्रशिक्षक खोज्‍ने काम अघि बढाएको छ। तर, एन्फाले अहिलेसम्म हेड कोचको लागि भ्याकेन्सी खोलिसकेको छैन। यद्यपि नयाँ प्रशिक्षक ल्याउनका लागि एएफसीसँग छलफल भइरहेको पनि जानकारी उनले दिए।

यसैबीचमा एन्फाले कार्यबाहक प्रशिक्षक राखेको हो। यो खेलबाट एन्फाले खेलाडीको अवस्था हेर्ने पनि विश्वास गरिएको छ। ‘हामीसँग खेल नभइरहेको अवस्थामा खेलाडीलाई व्यस्त बनाउनका लागि खेल कृयाकलाप बढाउन यो खेल आयोजना गरिएको हो। यसले र्‍यांकिङमा प्रभाव पारिरहेको छ,’ प्रवक्ता शाहले भने, ‘दुई महिनाबाट हाम्रो टिम अभ्यासमा छ। आशा गरौँ सकारात्मका नतिजा प्राप्त हुनेछ।’

यस्तोमा एन्फाले प्रदिपलाई नै निरन्तरता दिन सक्ने संकेत पनि शाहीले दिए। तर उनले यस विषयमा खुलेर केहि भनेनन्। तर राष्ट्रिय टिमको मूख्य प्रशिक्षक हुनका लागि प्रो-लाइसेन्स अनिवार्य गरिएको छ। प्रशिक्षक हुमागाईसँग प्रो लाइसेन्स भने छैन।

एन्फा उपाध्यक्ष विराटगंग शाहीले भने, ‘अहिलेको प्रशिक्षक पनि राम्रो नै हुन्। अब प्रतियोगितापछि थाहा हुन्छ यो कुरा थप पुष्टि हुन्छ। कार्यबाहक प्रशिक्षकलाई निरन्तरता दिने विषयमा कार्यसमितिले नै निर्धारण गर्नेछ।’

उनै शाहीलाई एन्फाले बंगलादेशसँग हुने खलको आयोजक समितिको संयोजक तोकेको छ। उनको समितिले अब ४८ लाख लागत रहेको खेल काठमाडौंमा सञ्‍चालन गर्नेछ। फिफा विन्डोमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल साँझ ५ बजे सुरु हुनेछ।


‘एन्फाको नयाँ कार्यसमिति आइसकेपछि नेपालले कुवेतमा खेलिसकेको छ। अब खेलको संख्या बढाउँदै लाने हेतुले यो खेल आयोजना गरेको हो। प्रतियोगिता खेल्न बंगलादेशको टिम सेप्टेम्बर २३ मा नेपाल आइपुग्‍नेछ,’ संयोजक शाहीले भनेका छन्। बंगलादेश कम्बोडियासँग मैत्रीपूर्ण खेलेर नेपाल आउन लागेको हो। एक फिफा विन्डोमा दुई मैत्रीपूर्णको चलन भए पनि नेपालले चाहिँ एकमात्र मैत्रीपूर्ण खेल्न लागेको हो।'

उनले थपे, ‘कुवेतमा खेलेपछि यो पहिलो खेल पनि हुनेछ। थप दुई देशलाई पनि आग्रह गरेको थियौँ। बंगलादेशबाट पत्र आएपछि यो प्रतियोगिता गरेको हो। सबै कार्यक्रम तय भएपछि फेरि अर्को जानकारी हुने नै छ।’

नेपाल र बंगलादेशको फुटबल साइनो

सन् २००३ मा बंगलादेशले पुरुष साफ च्याम्पियनसिप जितेको थियो भने नेपाल अहिलेसम्म फाइनलमा मात्र पुगेको छ। एक पटक विजेता बनेको टिम तीन वटामा तेस्रो भएको छ। बंगलादेशविरुद्धको खेलबाट एन्फाले चाहेको के हो त? जवाफमा शाही भन्छन्, ‘यो मैत्रीपूर्णबाट हामी खेलाडीको रिफ्रेसमेन्ट चाहेका हौं। नेपालले दुई महिनादेखि खेल्न पाएको छैन, आउँदा प्रतियोगिताका लागि यो तयारी पनि हुन्छ।’

त्यसो त नेपालले हरेक वर्षजसो बंगलादेशसँग खेलिरहेको छ। डेढ वर्षअघि पनि नेपालले काठमाडौंमा बंगलादेशसँग खेलेको थियो। नेपालले बंगलादेशसँग अहिलेसम्म २३ खेले खेलेको छ। त्यसमध्ये नेपालले ७ खेल जितेको छ भने तीन खेल बराबरी भएको थियो। बाँकी १३ खेलमा बंगदेशले जित निकालेको छ।

तर अहिले बंगलादेश फिफा वरीयतामा नेपालभन्दा पछि छ। बंगलादेश १९२ औं स्थानमा हुँदा नेपाल  १७६ औं स्थानमा छ। हरेक समय बंगलादेश नै किन बोलाउँछ नेपालले? ‘सम्बन्ध राम्रो भएर नै हामीले यसरी खेलिरहेको हो,’ शाहीले छोटो जवाफ दिएका छन्। अनि अरु टिम किन नबोलाएको नि ? उनको जवाफ छ, ‘कोभिडको प्रोटोकलको कारणले पनि अरु टिम बेलाउन अप्ठ्यारो भइरहेको छ। कति देशमा विना दर्शक पनि खेलाइरहेको छ। हामीले चाहिँ दर्शक राखेर खेलिरहेको हो।’

त्यसो त बंगलादेशले पनि कुनै ठूलो प्रतियोगिता अघि आपतकालीन मैत्रीपूर्ण खेल्नुपरेमा नेपाललाई बोलाउने गरेको छ। यसरी नै यी दुई टिमले आफ्नो खेल सम्बन्धलाई अघि बढाइरहेका छन्। तर, २०७७ को चैतमा काठमाडौंमा नै आयोजना भएको थ्रि-नेसन्स कपमा नेपालले बंगलादेशलाई नै पराजित गरेर प्रतियोगिताको उपाधि जितेको थियो। 

नेपालले २०७७ को चैतमा बंगलादेशलाई गोल गर्दै आठ खेलको गोल खडेरी तोडेको थियो। त्यसअघि नेपालले अष्ट्रेलियासँग ५-०, जोर्डनसँग ३-०, म्यानमारसँग ३-०, कुवेतसँग १-० र बंगालदेसँग नै २-० को हार बेहोरिसकेको थियो।

त्यसपछिका तीन खेलमा नेपाले गोलरहित बराबरी खेलेको थियो। यसरी त्यो समयमा नेपालले गोलविहीन यात्रा गर्‍यो। १० अक्टोबर २०१८ पछिको गोल विहीन यात्रा नेपालले मार्च २९, २०१९ मा तोड्यो।

उक्त खेलमा नेपालका लागि संजोक राई र विशाल राईले गोल गरेका थिए। त्यसअघि एसिया कप र विश्वकपको संयुक्त छनोटअघि नेपाली टिम बंगलादेश पुगेको थियो। त्यहाँ एक खेलमा नेपालले हार बेहोरेको थियो भने अर्को खेल गोलरहित बराबरी भएको थियो।

दशरथ रंगशालामा यी दुई टिम

दक्षिण एसियामा नेपालको सबैभन्दा प्रिय प्रतिद्वन्दी भुटान हो। किनभने नेपालले भुटानलाई जहिले पनि जितिरहेको छ। नेपाली फुटबल पत्रकार हिमेशरत्‍न बज्राचार्य भन्छन्,‘नेपाली फुटबलको असल साथी हो, बंगलादेश। अर्थात् यी टिम चिरपरिचित प्रतिद्वन्दी हुन्।’

दशरथ रंगशालाकै कुरा गर्ने हो भने यी दुई टिमले तीन फाइनल खेलिसकेका छन्। सन् १९८४ को दक्षिण एसियाली महासंघीय खेलकुदको फाइनलमा यी दुई टिमले फाइनल खेलेका थिए। त्यो खेलमा नेपालले जित निकालेको थियो। 

सन् १९९९ साग गेम्सको फाइनलमा पनि यी दुई टिमले रंगशालामा फाइट गरेका थिए। तर त्यो खेलमा बंगलादेशले १–० ले जितेको थियो। त्यस्तै, डेढ वर्षअघि रंगशालामै भएको थ्री-नेसन्स कपको फाइनल खेलमा नेपालले २–१ ले जित निकालेर उपाधि हात पारेको थियो।


प्रकाशित: Sep 16, 2022| 06:15 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।