शनिबार, जेठ ५, २०८१

साफ यू–१७ : इतिहास रच्न चुक्यो नेपाली टिम

यसअघि साफ यू–१७ का ६ वटा संस्करणमा तीन पटक फाइनल खेलेको नेपालले तीन वटै फाइनल खेलमा भारतसँग पराजय बेहोरेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं– श्रीलंकामा बुधबार सम्पन्न साफ यू–१७ को उपाधि भारतले जितेको छ। फाइनलमा नेपाललाई ४–० ले पराजित गर्दै भारतले उपाधिमा कब्जा जमाएको हो। नेपालका लागि अन्य उमेर समूहमा झैं यू–१७ मा यस पटक पनि भारत नै बाधक बन्यो। यसअघि ६ वटा संस्करणमा तीन पटक फाइनल खेलेको नेपाल उपाधिविहीन छ। नेपालले खेलेका तीन वटै फाइनल खेलमा भारतसँग पराजय बेहोरेको थियो। 

triton college

प्रतियोगिताको समूह चरणमै भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको नेपाल उच्च मनोबलका साथ राम्रो लयमा थियो। सुरुदेखि नै अनुभवी खेलाडीका साथ राम्रो लयमा रहेको नेपाल यस पटक उपाधि घर ल्याउन चाहन्थ्यो। खेलको ३९औं मिनेटमा भारतका मलेम्निगम्बा सिंहले नेपाली कप्तान प्रशान्त लक्सामलाई लडाएपछि प्रशान्तले सिंहको मुखमा प्रहार गरेका थिए। नजिकै सरेका रेफ्रीले प्रशान्तको प्रहारलाई ‘इन्टेन्सनल’ ठानेर सीधै रातो कार्ड देखाएपछि नेपाल १० खेलाडी समेटिएको थियो। लक्षाम रातो कार्ड बेहोर्दै मैदानबाट निस्कएपछि नेपालमाथि भारतले झनै दबाब बनायो।

श्रीलंकाबाट बिहीबार दिउँसो स्वदेश फर्किंदै गर्दा नेपाली टिमका प्रशिक्षक उर्जन श्रेष्ठले फाइनल खेल सोचेअनुरूपको नभएको स्वीकारेका छन्। पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामीले जुन किसिमले खेल खलिरहेका थियौं, भारतलाई समूह चरणमै पनि पराजित गरिसकेका थियौं। तर सोचेअनुसारको फाइनल खेल खेल्न सकेनौं।’

उनले कप्तान प्रशान्त लक्षामको रातो कार्डले खेललाई धेरै असर गरेको र फाइनल खेलमा टिममा सुरुआतीजस्तो राम्रो एकता नभएको बताए। ‘फाइनल खेलमा कप्तानले पनि आफ्नो भूमिकालाई राम्रोसँग वहन गर्न सकेनन्। टिम कप्तान भइसकेपछि धेरै जिम्मेवारी हुन्छन्। कप्तानले टिमलाई नियन्त्रणमा राख्नुपथ्र्यो, उनले त्यसो गर्न सकेनन्। यसले गर्दा फाइनल खेल हामीले गुमाउन पुग्यांै। प्रतियोगितामा अन्य खेलको तुलनामा फाइनलमा खेलाडीहरू एकजुट हुन सकेनन्।’

टिमले छोटो समयमा धेरै राम्रो प्रदर्शन गरेको र अहिलेका सबै भविष्यमा राष्ट्रिय टिमका खेलाडी रहेको प्रशिक्षक श्रेष्ठले बताए। ‘हाम्रो टिमले छोटो समय राम्रो प्रदर्शन गरेकामा धेरै खुसी छु। कति खेलाडी पहिलो पटक मैदानमा उत्रिँदै थिए। उनीहरूले यति राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने मैले सोचेकै थिइनँ। अहिलेका खेलाडी देशका, भविष्यका राष्ट्रिय खेलाडी हुन्। उनीहरूबाट धेरै आशा छ। उनीहरूले राम्रो खेले। फाइनल खेलमा सुरुआत खेलजस्तो कम्बिनेसन मिल्न सकेन। भारतले सुरुआती अग्रता लिएपछि हाम्रा खेलाडीको मनोबल धेरै घट्यो। यसले गर्दा हामीलाई कमब्याक गर्न धेरे गाह्रो भयो।’

corrent noodles
Metro Mart
फाइनल खेल सोचेअनुरूपको भएन। हामीले जुन किसिमले खेल खलिरहेका थियौं, भारतलाई समूह चरणमै पनि पराजित गरिसकेका थियौं। तर खेलाडीबीच लय नमिल्दा नेपालले अप्रत्यासित हार बेहोर्नुपर्‍यो : नेपाली टिमका प्रशिक्षक उर्जन श्रेष्ठ

श्रेष्ठले अबको लक्ष्य एसिया कप छनोट रहेको बताए। उनले भने, ‘अबको हाम्रो लक्ष्य एसिया कप छनोटको तयारी हो। यसअघि छनोटको क्रममा टिममा नपरेका केही खेलाडीलाई फेरि पनि बोलाउनेछौं। उनीहरूलाई पनि टिममा राखेर प्रशिक्षण दिनेछौं। हामीलाई यो टिमले अहिले गरेको प्रदर्शनले धेरै आशा जगाएको छ। यसले गर्दा हामीले प्रशिक्षणलाई निरनतरता दिनेछौं।’

यू–१७ टोलीका कप्तान प्रशान्त लक्षाम आफूले पाएको रातो कार्डले टिमलाई धेरै असर परेको स्वीर्काछन्। उनले भने, ‘टिम सबै राम्रो थियो। राम्रो प्रदर्शन गरिरहेका थियौं तर फाइनलमा खेलको दबाबका कारण सन्तुलन गुमाउन पुग्दा रातो कार्ड पाएँ, जसले टिमलाई धेरै असर ग¥यो। मैले खाएको रातो कार्डले गर्दा अन्य खेलाडीको मनोबल घट्यो।’यसले गर्दा फाइनल खेल जित्न सकेनौं।’

सुरुका खेल एकताबद्ध भएर उत्साहका साथ खेले पनि भारतसँगको फाइनलमा त्यसलाई नितरन्तरता दिन नसकिएको उनको भनाइ छ। कप्तान लक्षामले छोटो समयको तयारीमा टिमले धेरै राम्रो प्रदर्शन गरेको र आगामी दिनमा अझै राम्रो गरेर अगाडि बढ्ने बताए। समूह ‘बी’मा रहेको नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको थियो। समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई २–१ र दोस्रो खेलमा बलियो टोली भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो। समूह विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’को उपविजेता श्रीलंकासँग खेलेको हो।

नेपाली टिम

गोलकिपरः कृषाल मोक्तान, समीर चन्द, रुविन बोगटी

डिफेन्डरः अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनिष मगर, विक्रम तामाङ, प्रितम कार्की, धीरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्षाम ९कप्तान०, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम।

प्रकाशित: Sep 16, 2022| 06:58 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।