आइतबार, मंसिर ७, २०८२

महिला साफ : लगातार छैटौँ पटक उपाधि जित्ने दाउमा भारत

महिला साफ च्याम्पियनसिप फुटबलमा एकछत्र राज गरेको टिम हो भारत। दक्षिण एसियामा बलियो मानिएको भारतले नेपालमा जारी साफको छैटौँ संस्करणसम्म आइपुग्दा पाँच पटक उपाधि जितिसकेको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, भदौ ३०, २०७९

काठमाडौ- महिला साफ च्याम्पियनसिप फुटबलमा एकछत्र राज गरेको टिम हो भारत। दक्षिण एसियामा बलियो मानिएको भारतले नेपालमा जारी साफको छैटौँ संस्करणसम्म आइपुग्दा पाँच पटक उपाधि जितिसकेको छ। 

National life

यस पटक पनि भारतलाई नै उपाधि दाबेदार टिम मानिएको छ। जारी साफको समूह 'ए' मा रहेको भारत समूह चरणको अन्तिम खेलमा बांग्लादेशसँग पराजित हुँदै समूह उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ। 

साफको छैटौँ संस्करणसम्म आइपुग्दासम्म अपराजित रहेको भारत इतिहासमै पहिलो पटक पराजित भयो। भारतलाई बांग्लादेशले ३-० गोल अन्तरले पराजित गर्‍यो। समूह विजेता बन्दै सेमिफाइनल पुगेको बांग्लादेशले भने कमजोर प्रतिद्वन्द्वी भुटानविरुद्ध खेल्नेछ। समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनल पुगेको भारत घरेलु टोली नेपालविरुद्ध मैदान उत्रिँदै छ। अहिलेसम्म सबै संस्करणमा फाइनल पुगेको भारत यसपटक पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा छ।

सेमिफाइनलमा नेपालविरुद्ध भारतका प्रशिक्षक सुरेश क्षेत्रीले प्रतियोगितामा गरिरहेको प्रदर्शनभन्दा अझै राम्रो भएर मैदान फर्किने बताएका छन्। ‘हामी अझै पनि रेसमा छौं। हामीले धेरै कुरामा सुधार  गर्नुपर्ने हुन्छ। नेपालले पनि राम्रो गरिरहेको छ। हामीले अब सेमिफाइनलमा नेपालको समाना गर्नेछौं। हामी सेमिफाइनलका लागि अझै राम्रोसँग तयार रहेका छौं,’ उनले भने। 

भारतले सेमिफाइनल खेल नेपालको होममा खेल्दा उसलाई घरेलु समर्थकको दबाब हुनेछ। त्यसको हेक्का प्रशिक्षक सुरेनलाई पनि छ। उनी भन्छन्, ‘सेमिफाइनलमा हामी नेपालको होममा खेलिरहेका छौं। नेपालमा खेल्नका लागि गाह्रो हुन्छ। हामीले विराटनरमा पनि खेलेको हो। त्यो खेलमा नेपालविरुद्ध खेल धेरै दबाबपूर्ण बनेको थियो। त्यो अनुभव पनि हामीसँग छ।'

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 15, 2022| 08:12 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।