काठमाडौं- इन्द्रजात्राको अन्तिम दिन बुधबार राजधानीका महिलाले रथ तानेका छन्। वसन्तपुर क्षेत्रका स्थानीय महिलाले ‘नानीचायाः’ भन्दै कुमारी, गणेश र भैरवको रथ तानेका हुन्।
‘इन्द्रजात्राका अवसरमा ५ वर्षयता निरन्तर महिलाले कुमारी, गणेश र भैरवको रथ उत्साहसाथ तानेका छन्,’ उनले भनिन् ।
महिलाले मात्र रथ तान्ने योजना रहे पनि पुरुषले पनि सघाएका थिए।
महिलाले रथ बसन्तपुरबाट नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक हुँदै बसन्तपुरसम्म तानेको हुन्।