शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

साफ यू–१७ उपाधि नजिक नेपाली टोली

समूह चरणमा यसअघि नै भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको नेपाल सुरुआतदेखि नै अनुभवी खेलाडीका साथ राम्रो लयमा रहेकाले यस पटक उपाधि घर ल्याउने लक्ष्यमा छ।
 |  बुधबार, भदौ २९, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

बुधबार, भदौ २९, २०७९

काठमाडौं– श्रीलंकाको राजधानी कोलम्बोमा जारी साफ यू–१७ प्रतियोगितामा नेपालले चौथो पटक फाइनलमा स्थान बनायो। सेमिफाइनलमा श्रीलंकाविरुद्ध एकतर्फी हाबी भएको खेलमा नेपालले खेल ६–० गोलले जित्यो। नेपालका स्किपर प्रकाश लक्समले खेलको २२औं मिनेटमै पेनाल्टीको सहायतामा अग्रता बनाए। हरिशराज भट्टले त्यो अग्रता २४औं मिनेटमै दोब्बर पारे। सुवास बमले खेलको ३१औं मिनेटमै नेपाललाई तीन गोलको अग्रता दिलाएका थिए।

himalayan bank box

पहिलो हाफमा सानदार प्रदर्शन गरेको नेपालले श्रीलंकाको डिफेन्डर र गोलकिपरबीच बुझाइमा भएको गल्तीको फाइदा उठाउँदै ३८ मिनेटमा अर्को गोल गरेको थियो। निरज कार्कीले गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए। दोस्रो हाफमा पनि श्रीलंकाकै गल्तीले नेपाली खेलाडी उनेस बुढाथोकीले गोल गरे भने सिजल राईले अन्तिम मिनेटमा गोल गर्दै नेपालको फाइनलमा स्थान सुरक्षित गरे। योसँगै नेपालले चार पटक फाइनलमा स्थान बनाएको छ। नेपालले फाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। 

भारत तगारो बन्ने सम्भावना 

नेपालका लागि अन्य उमेर समूहमा झैं यू–१७ मा पनि भारत नै बाधक बन्दै आएको छ। ६ वटा संस्करणमा तीन पटक फाइनल खेलेको नेपाल उपाधिविहीन छ। नेपालले खेलेका तीन वटै फाइनल खेलमा भारतसँग पराजित भएको थियो। तर समूह चरणमा यसअघि नै भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको नेपाल उच्च लयमा छ। सुरुआतदेखि नै अनुभवी खेलाडीका साथ राम्रो लयमा रहेको नेपाल यस पटक उपाधि घर ल्याउने लक्ष्यमा छ।

नेपालका कप्तान प्रशान्त लक्षामले भारतले पनि राम्रो खेल्ने र फाइनल खेल एकदमै प्रतिस्पर्धात्मक हुने बताएका छन्। पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले यो प्रतियोगितामा सोचेभन्दा राम्रो खेलिरहेका छौं। अहिलेसम्मका सबै खेल जितेका छौं। यो नतिजाले धेरै खुसी छौं। हामी फाइनल पुगिसकेका छौं। फाइनलमा भारतविरुद्ध खेल्दै छौं। भारत धेरे बलियो टिम हो। नेपालले यसअघि पनि धेरै पटक भारतसँग हार बेहोरिसकेको छ। तर यस पटक हामी जसरी पनि भारतलाई पराजित गर्दै उपाधि जित्नेछौं।’

Metro Mart
vianet
समूह ‘बी’मा रहेको नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको हो।

कप्तान लक्षामले नेपाली खेलाडी एकताबद्ध भएकै कारण राम्रो खेलेको र यसलाई निरन्तरता दिँदै उपाधि जित्ने बताए। ‘टिममा सबै खेलाडी एकताबद्ध भएर खेलिरहेका छन्। हाम्रो टिमको सबैभन्दा राम्रो पक्ष भनेकै एकता हो। सबै खेलाडीले एकअर्कालाई समर्थन गरिरहेका छन्।  खेलाडीहरू सबै फिट छन्। यसले गर्दा नेपालले यो प्रतियोगिता राम्रो प्रदर्शन गरेको हो। पूरै टिमले कडा मिहिनेत गरेर फाइनल खेल खेल्नेछौं। हामीले यसअघि जस्तो खेल खेलिरहेका छौं, त्यसलाई अझै सुधार गर्दै फाइनल खेल्नेछौं।’

साफमा सहभागिता जनाउन श्रीलंका प्रस्थान गर्ने क्रममा उपाधि लिएरै घर फर्किने बताएका प्रशिक्षक उर्जन श्रेष्ठले नेपाल र भारत दुवै टिम राम्रा रहेको बताए। भारतविरुद्ध डिफेन्सिफ र अट्याकिङ मिलाएर खेल्ने उनको भनाइ छ। उनले भने, ‘भारत सदाझंै बलियो टिम छ। उसले धेरै राम्रो खेलेको छ। त्यसले गर्दा फाइनल खेल धेरै प्रतिस्पर्धात्मक हुनेछ। प्रतियोगितामा प्रदर्शनको आधारमा हेर्दा दुवै टोली राम्रा छन्। हामी फाइनल खेल डिफेन्सिफ र अट्याकिङ मिलाएर खेल्नेछौं। अपराजित रहँदै उपाधि जित्न चाहन्छौं। हामी पहिलो पटक उपाधि जितेर इतिहास बनाउने लक्ष्यमा छौं। हामीले निरन्तर राम्रो प्रदर्शन गरिरहेका छौं। त्यसैलाई निरन्तरता दिनेछौं।’ 

नेपाली टिमका केही खेलाडी एकेडेमीमा र केही ‘बी’ डिभिजनमा खेलेका पनि छन्। ‘ए’ डिभिजन क्लब चर्च ब्वाइजमा खेल्ने प्रशान्त लक्षामले टिमको नेतृत्व गरिरहेका छन्। नेपाली युवा टोलीमा अनुभवी खेलाडीको बाहुल्य छ, जसले यस प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ। समूह ‘बी’मा रहेको नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको हो। समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई २–१ र दोस्रो खेलमा बलियो टोली भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। समूह विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’को उपविजेता श्रीलंकासँग खेलेको हो। 

भारत भने पहिलो खेलमा भुटानलाई पराजित गरेपछि दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो। समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको भारतले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। साविक विजेता भारतले अहिलेसम्म सर्वाधिक तीन पटक यस प्रतियोगिताको उपाधि जितिसकेको छ। 

नेपाली टिम

गोलकिपरः कृषाल मोक्तान, समीर चन्द, रुविन बोगटी

डिफेन्डरः अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनिष मगर, विक्रम तामाङ, प्रितम कार्की, धीरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्षाम (कप्तान), मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम।

प्रकाशित: Sep 14, 2022| 09:14 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।