बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाका तीन सांसदले पद थमौतिका लागि दिएको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

जसपाका तीन सांसदले पद थमौतिका लागि दिएको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका तीन जनाले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका तीन जनाले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

पार्टीले कारबाही गरेपछि सांसद पद गुमाएका जसपाका तीन सांसद विजयबहादुर यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेय पार्टी र प्रदेशसभाको निर्णयविरुद्ध सर्वोेच्च अदालत पुगेका थिए।

सोेमबार न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुले सांसद पद थमौतिका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्च अदालतले विपक्षीसँग लिखित जवाफ माग गरेकोे छ भने रिट निवेदकले माग दाबी गरेको अन्तरिम आदेशबारे छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाएको छ। 

प्रकाशित: Aug 09, 2021| 14:38 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।