मंगलबार, असोज ९, २०८०

चिनियाँ सभामुख नेपाल रहुन्जेलका लागि मात्र खुलाइयो तातोपानी नाका

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले नाका खुला गर्ने भन्‍ने अनौपचारिक सूचना प्राप्त भए पनि औपचारिकरुपमा नाका खुला नगरिएको बताए। उनले भने, 'नाका खुला गर्ने भन्‍ने अनौपचारिक जानकारी पाएका हौं। तर, नाका खुला भएको र सामानहरु आयात भएको छैन।'
 |  सोमबार, भदौ २७, २०७९
averest bankaverest bank

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

सोमबार, भदौ २७, २०७९

काठमाडौं- चीनको तेस्रो वरीयतामा रहेका नेता ली जान्सु सोमबार काठमाडौं ओर्लिनुभन्दा एक दिनअघि मात्र एक महिनादेखि बन्द गरेको उत्तरी सीमा नाका खुला गरेको छ। चीनले कोरोना महामारीलाई कारण देखाउँदै २२ साउनदेखि एकतर्फी रुपमा बन्द गरेको नाका खुलाएको हो। 

sagarmatha cement

चीनले सीमा नाकामा कुनै औपचारिक जानकारी बिना नै प्रतिबन्ध लगाएपछि नेपालमा चीनको विरोधसमेत भएको थियो। नेपाली व्यापारीले सीमा नाकामा रोकिएका कन्टेनर ल्याउनका लागि सहजीकरण गरिदिन नेपाल सरकारलाई गुहार गरेका थिए। 

व्यापारीहरुको आग्रहमा नेपाल सरकारले सीमा नाका खोलिदिन काठमाडौंस्थिति चिनियाँ दूतावासलाई पत्र पठाएको थियो। उक्त पत्रको जवाफमा चिनियाँ दूतावासले १० देखि १५ तारिखसम्मका लागि सीमा नाका खुला गर्ने जानकारी गराएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

'चिनियाँ सीमा क्षेत्रमा रोकिएर अलपत्र परेका नेपाली व्यापारीहरुका सामानहरु ल्याउनका लागि १० देखि १५ सेप्टम्बरसम्मका लागि नाका खुला गरेको जानकारी प्राप्त भएको छ,' मन्त्रालयका एक अधिकारीले भने। यस अवधिमा चिनियाँ क्षेत्रमा अलपत्र परेका नेपाली व्यापारीका सामान बोकेका कन्टेनर नेपाल पठाइने भएको छ। 

चिनियाँ दूतावासले सीमा नाका ५ दिनका लागि खुला गर्ने जानकारी गराए पनि रसुवा नाका भने अझै बन्द छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले नाका खुला गर्ने भन्‍ने अनौपचारिक सूचना प्राप्त भए पनि औपचारिक रुपमा नाका खुला नगरिएको बताए। उनले भने, 'नाका खुला गर्ने भन्‍ने अनौपचारिक जानकारी पाएका हौं। तर, नाका खुला भएको र सामानहरु आयात भएको छैन।' 

'चिनियाँ सीमा क्षेत्रमा रोकिएर अलपत्र परेका नेपाली व्यापारीहरुका सामानहरु ल्याउनका लागि १० देखि १५ सेप्टम्बरसम्मका लागि नाका खुला गरेको जानकारी प्राप्त भएको छ,' मन्त्रालयका एक अधिकारीले भने।

त्यसैगरी सिन्धुपाल्चोकमा रहेको तातोपानी नाकाबाट भने आइतबारदेखि केही कन्टेनर आउन थालेका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेधनिधि खनालले आइतबारबाट केही केन्टेनर आउन थालेको जानकारी दिए। उनले भने, 'आइतबारदेखि सीमा क्षेत्रमा रोकिएका कन्टेनर आउन थालेका छन्। आज ११ वटा कन्टेनर नेपाल प्रवेश गरेका छन्। केही दिनभित्रै त्यहाँ रोकिएका नेपाली व्यापारीहरुको सामान बोकेका कन्टेनरहरु आइसक्नेछन्।' भदौको अन्तिमसम्ममा चिनियाँ पक्षसँग पुन: भर्चुअल बैठक हुने र त्यसले नाकाका विषयमा थप निर्णय भएको जानकारी दिए। 

चिनियाँ नेता फर्किएसँगै नाका फेरि बन्द हुने
चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली सोमबार काठमाडौं ओर्लिएका छन्। उनी सेप्टेम्बर १५ मा दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन्। उनी नेपालबाट फर्किएसँगै सीमा नाका बन्द हुनसक्छन्। चीनले पठाएको औपचारिक पत्रमा नै ढिलोमा सेप्टम्बर १५ सम्मका लागि मात्रै नाका खुला गरिने जानकारी गराइएको छ। 

चिनियाँ तेस्रो वरीयताका ली नेपाल भ्रमणका क्रममा उनीविरुद्ध कुनै पनि अवाञ्‍छित गतिविधि अथवा व्यापारीद्वारा विरोध प्रदर्शन नहोस् भन्‍नका लागि नाका खुला गरिएको हुनसक्ने विश्लेषण भइरहेको छ। 

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गरेयता काठमाडौं ओर्लिने उनी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन्। चीनको संविधानअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् । सन् २०२२ को मार्च अन्तिम साता चिनियाँ विदेशमन्त्री वाङ यी र जुलाईको मध्यमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका नवनियुक्त प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमण गरेका थिए। 

'हुम्लाको हिल्सा नाकाबाट सामान निर्यातमा चीनले रोक लगाएर पर्यटक भने भित्र्याइरहेको छ।' 

त्यसैगरी साउन २४ देखि २६ सम्म परराष्ट्रमन्त्री डा नारायण खड्काले चीनको औपचारिक भ्रमणका गरेका थिए। उक्त भ्रमणहरुका क्रममा हुने द्विपक्षीय छलफलमा सीमा नाका सहज बनाउने र व्यापारमा वृद्धि गर्ने सहमति भए पनि नाकामा भने चिनियाँ मनपरी नै रहेको छ। 

मुख्य व्यापारिक नाका बन्द गरेर पर्यटक भित्र्याउँदे चीन
चीनले विगत नेपालका दुई मुख्य व्यापारिक नाका केरुङ र तातोपानीमा पूर्ण प्रतिबन्ध लगाउँदा पनि पर्यटकीय नाका हुम्लाको हिल्सा र लिमी लाप्चा नाका भने खुला नै थियो। उक्त नाकाबाट नेपालमा सामान आयातमा प्रतिबन्ध लगाए पनि तिब्बतमा रहेको कैलाश मानसरोवर जाने यात्रुहरुका लागि भने खुला नै गरिएको थियो।

हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाको बाटो हुँदै कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकहरु दैनिक गइरहेको जानकारी दिएकी हुन्। उनले हुम्ला हुँदै पछिल्लो साता ४१० जना पर्यटक मानसरोवर दर्शन गर्नका लागि गएको जानकारी दिएकी थिइन्। उनले भनिन्, 'यहाँ चिनियाँ पक्षले त्यस्तो कुनै अवरोध गरेको छैन। सामान्य स्वास्थ्य प्रोटोकल अपनाएर हुम्ला हुँदै आएका पर्यटकहरुलाई सजिलै जान दिइरहेको छ।'

उक्त नाकाबाट नेपाली व्यापारीहरुका सामान भने ल्याउन नदिइएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाले जानकारी दिए। उनले भने, 'विगत दुई वर्ष कोरोना महामारी नियन्त्रण गर्ने भन्दै हिल्सा नाका लगभग ठप्पजस्तै थियो। बीचमा केही समय खुकुलो पारिएको भए पनि हुम्लाको हिल्सा नाकाबाट सामान निर्यातमा चीनले रोक लगाएको छ। तर, पर्यटकहरुको आवतजावत भने भइरहेको छ।' 

प्रकाशित: Sep 12, 2022| 19:09 सोमबार, भदौ २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुरक्षा माग्दै माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

सुरक्षा माग्दै माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाडौं उपत्यकाका डाक्टर सहभागी छन्।
उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले राष्ट्रिय सभागृह अगाडि उभिएर महानगरको कार्यशैलीको विरोध गरिरहेका ईःअभियन्तालाई भेटेकी हुन्।
'जनतालाई कसरी मुख देखाउनु'

'जनतालाई कसरी मुख देखाउनु'

संसद्को क्षमता नभएको होइन, सांसदकै कमजोर प्रवृत्ति छ।