शुक्रबार, साउन १५, २०८३

सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो

 |  शनिबार, कात्तिक २२, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०८२

जनकपुर । मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालो मोसो दलेका छन्।

शनिबार (आज) बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए।

सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका छन्। रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिएका छन्।

उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ भनेर प्रश्न गरेका थिए। उनले सरकारमा भएका बेतिथीहरुका बारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराउँदा कतै कुनै सुनवाई नभएको आरोप लगाए।

उनले आफ्नो पार्टीले अब आफूलाई जेगरेपनि आफूले कसैलाई विश्वासको मत दिने बताए। सांसद अन्सारीले मधेश प्रदेशको कुनै सांसदसँग मधेशका समस्याहरुको निकाश दिने नैतिक आधार नरहेको बताए।

सांसद अन्सारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन्। मधेश प्रदेश सभा बैठक अहिले पनि जारी रहेको छ।

प्रकाशित: Nov 08, 2025| 16:54 शनिबार, कात्तिक २२, २०८२
प्रतिक्रिया दिनुहोस्