शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आर्थिक संकटबीच खेलाडीले श्रीलंकालाई दिएको खुसी

भारत, बंगलादेश, पाकिस्तानजस्ता बलिया टिमलाई पराजित गरी फाइनलसम्मको यात्रामा अगाडि बढेर छैटौं पटक एसिया कपको उपाधि जितेसँगै आर्थिक संकटमा फसेको श्रीलंकालाई थपियो हौसला।
 |  सोमबार, भदौ २७, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, भदौ २७, २०७९

काठमाडौं– खेल यस्तो क्षेत्र हो, जसले धेरैलाई खुसी र राष्ट्रलाई एकजुट बनाउन सक्छ। कुनै पनि खेल खेल्ने टिमले एउटा टिमको मात्रै नभई सिंगो राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ। खेलले देशमा भएका दुःख, संकटजस्ता धेरै कुरालई भुलाएर केही समयका लागि खुसी दिने गर्छ।

himalayan bank box

गत २७ अगस्तबाट सुरु भएको एसिया कपमा आर्थिक संकटमा रहेको श्रीलंकाले अफगानिस्ताविरुद्ध पहिलो खेल खेल्यो। उक्त खेलमा श्रीलंका अफगानिस्तानसँग आठ विकेटले पराजित भयो। आर्थिक संकटमा जुधिरहेका श्रीलंकाली समर्थक पनि आफ्नो दुःखमा टिमको जित हेरेर खुसी हुन चाहन्थे। तर पहिलो खेलमा उनीहरूले त्यो अनुभूति गर्न पाएनन्। 

पहिलो खेलमै खराब प्रदर्शनपछि विभिन्न क्षेत्रबाट श्रीलंकाली टिमको आलोचना पनि भयो। तर त्यसपछिको खेलमा भारत, बंगलादेश, पाकिस्तानजस्ता बलिया टिमलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गर्यो। छैटौं पटक एसिया कपको उपाधि जितेर आर्थिक संकटमा फसेको देशलाई खुसी दिने लक्ष्यमा श्रीलंकाली टोली थियो। फाइनलमा बलियो टोली पाकिस्तान विरुद्ध मैदान उत्रिँदै गर्दा सुपर फोरमा पाकिस्तानलाई पराजित गरिसकेको थियो। यसले श्रीलंकालाई थप हौसला मिलेको थियो।

युएईमा आइतबार राती भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले पूरै औभर खेल्दै ६ विकेटको क्षतिमा १७० रन बनायो। उसका लागि भानुका राजपाक्षेले सर्वाधिक ७१ रनको अविजित इनिङ्स खेले। जवाफि ब्याटिङमा आएको पाकिस्तानलाई श्रीलंकाले २० ओभरमा अलआउट गर्दै १४७ रनमै सीमित गर्यो। २३ रनको सानदार जितसहित छैटौं पटक उपाधि जित्न सफल भयो। 

उपाधि जितेपछि श्रीलंकाली कप्तान दासुन शानाकाले जित संकटग्रस्त राष्ट्रलाई समर्पित गरेका छन्। उपाधि जितेपछि मिडियासँग कुरा गर्दै कप्तान शानाकाले भने, ‘श्रीलंकाली जनताले यो पललाई धेरै वर्ष अघिदेखि पर्खिरहेका थिए। यो उपाधिले हाम्रा लागि ठूलो अर्थ राख्नेछ। हामी धेरै खुसी छौ। हाम्रो जितले सिंगो देशलाई नै हौसला मिलेको छ। हाम्रा समर्थकले यो पललाई खुसीका साथ मनाउनेछन्। यो उपाधि संकटमा रहेका सबै श्रीलंकालीमाझ समर्पित गर्न चाहन्छौं।’ 

Metro Mart
vianet
भारत, बंगलादेश, पाकिस्तानजस्ता बलिया टिमलाई पराजित गरी फाइनलसम्मको यात्रामा अगाडि बढेर छैटौं पटक एसिया कपको उपाधि जितेसँगै आर्थिक संकटमा फसेको श्रीलंकालाई थपियो हौसला।

त्यस्तै, उनले टिमको अवस्थाबारे पनि बोले। उनले भने, ‘हामीले पछिल्ला एक, दुई वर्षदेखि राम्रो खेलिरहेका थियौं। तर धेरै समयपछि यो उपाधि जित्दा झनै खुसी भएका छौं। हामीले यस प्रतियोगितामा धेरै राम्रो गर्यौं। हाम्रा सबै खेलाडी फिट छन्। धेरै समयदेखि उनीहरू राम्रो खेलिरहेका छन्। यसले गर्दा हाम्रो टिम बलियो भएको छ। अब हुन लागेको विश्वकप छनोटका लागि पनि हाम्रो प्रदर्शनले सहयोग गर्नेछ किनकि हामीले राम्रो क्रिकेट खेलेका छौं।’

श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघेले छैटौं पटक एसिया कपको उपाधि जितेको टिमलाई ट्वीट गर्दै बधाइ दिए। उनले संकटको घडीमा देशमा खुसीयाली ल्याएको भन्दै टिमलाई धन्यवाद दिए। उनको ट्वीटमा भनिएको छ, ‘श्रीलंकन क्रिकेट टिमलाई एसिया कप २०२२ जितेकामा हार्दिक बधाइ। पाकिस्तानले पनि धेरै राम्रो खेल्यो। आजको यो उपाधिले हाम्रो संकटको अवस्थामा हौसला प्रदान गरेको छ। हामी जस्तोसुकै अवस्थामा पनि चुनौती पार गर्न सक्छौं भन्ने ज्ञान मिलेको छ। हामी अझै पनि अगाडि जान सक्छौ र सिंगो राष्ट्रको नाममा धेरै कुरा गर्न सक्छौं। हाम्रो टिमले एसिया कप जितेर अन्तर्राष्ट्रिय स्तरमा श्रीलंकाको प्रतिष्ठा बढाएको छ। यो उपलब्धिका लागि टिमको नेतृत्व गर्नेदेखि अन्य सदस्यहरूले पनि ठूलो भूमिका वहन गरेका छन्। सबैलाई विशेष धन्यवाद।’

राष्ट्रपति विक्रमासिंघले श्रीलंकाले अहिले सामना गरिरहेको संकटको गम्भीर चुनौतीका बाबजुद पनि आफ्नो टिमले जित निकालेका कारण धेरै खुसी भएको बताए। क्रिकेटको जितले आफूहरूले गरेको प्रतिबद्धतालाई अझ बलियो बनाएको र यो जित उदाहरण भएको उनले बताएका छन्। उनले उपाधि जितेर राष्ट्रलाई समर्पित गर्ने टिमलाई धन्यवाद दिँदै देशको संकटमा अन्तिमसम्म संघर्ष गरेको बताए। 

कुनै बेला दक्षिण एसियामा श्रीलंकाको आर्थिक विकास र वृद्धिदरलाई तुलनात्मक रूपमा राम्रो मानिन्थ्यो। सन् १९९० यता मानवीय विकास सूचकांक निरन्तर सुध्रिएको देखिन्थ्यो। साक्षरता दर दक्षिण एशियाकै उच्च र विश्वकै उच्चमध्ये करिब ९३ प्रतिशत पुगेको थियो। तर गत वर्षको अप्रिलपछि अर्थतन्त्रमा अस्वाभाविक असन्तुलन देखा पर्यो। यसले गर्दा सरकार मात्र अप्ठेरोमा  परेको थिएन, सर्वसाधारणको दैनिकी नै संकटग्रस्त हुँदै गयो। इन्धन अभावले यातायात प्रणाली अस्तव्यस्त बन्यो। मानिसले एक छाक खाएर उपभोग्य वस्तुको बचत गर्नुपर्ने स्थिति आइलाग्यो। पैसा हुनेले अधिक सञ्चय गर्न थाले, जसले बजारमा झनै अभाव बढायो। बजारमा खाद्यान्न, स्वास्थ्य सामग्री, औषधीमूलो र इन्धन अभाव भयो। अन्ततः सन् २०२१ अगस्त ३१ मा श्रीलंकाली राष्ट्रपति गोतावाया राजपाक्षेले देशमा आर्थिक आपतकाल घोषणा गरेका थिए।

प्रकाशित: Sep 12, 2022| 15:51 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।