आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलङ्काले जित्यो एसिया कप

पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलङ्काले जित्यो एसिया कप

पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जितेको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जितेको छ। 

National life

श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा १ सय ४७ रनमात्र बनाउन सक्यो।

उसका लागि मोहम्मद रिजवानले ५५ र इफ्तिखर अहमेदले ३२ रन बनाए। बलिङतर्फ श्रीलङ्काका प्रमोद मदुशनले ४ र वानिन्दु हसरङ्गाले ३ विकेट लिए। 

दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो। उसका लागि भानुका राजपक्षले नटआउट ७१ र वानिन्दु हसरङ्गाले ३६ रन बनाए। बलिङतर्फ पाकिस्तानका हरिस रौफले ३ विकेट लिए।  

योसँगै श्रीलङ्काले एसिया कप ६ पटक जितेको छ। एसिया कप अहिलेसम्म धेरै जित्नेमा भने भारत छ, उसले अहिलेसम्म ७ पटक जितेको छ। पाकिस्तानले भने २ पटक जितेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 12, 2022| 07:15 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।