शनिबार, वैशाख ८, २०८१

नरैनापुरको खडेरी: किसानलाई संकट, नेतालाई चुनावी मुद्दा

गाउँपालिका वडा नम्बर ४ का सावितराम पासीले यो वर्ष काम खोज्‍न बजार पस्‍ने मनस्थिति बनाएका छन्। धान रोप्‍न नै नपाएकाले यो वर्ष छाक टार्न समस्या हुने देखेपछि नेपालगञ्‍ज पुगेरै ज्याला मजदुरी गर्नुपर्ने बाध्यता सावितरामलाई परेको छ।
 |  सोमबार, भदौ २७, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

सोमबार, भदौ २७, २०७९

बाँके- बाँकेको राप्ती पारी नरैनापुर। कहिले कोरोना महामारीको हटस्पट बन्छ, कहिले झाडापखालाको। कहिले मध्यान्ह चर्को गर्मीको समयमा गाउँ नै सकिने गरी आगोले खान्छ। हरेक मौसममा कुनै न कुनै समस्यासँग जुधिरहने यो नरैनापुरमा यसपटक खडेरी लाग्यो। पानी परेन। 

triton college

आँखाको दृष्टिमा अटाउन नसक्ने खेतका फाँटले बनेको छ, नरैनापुर। सधैजसो यस वर्ष पनि केही किसानले वर्षातको मौका छोपेर धानको ब्याड राखे। असार बित्यो, साउन बित्यो र भदौ पनि सकियो, तर विडम्बना नरैनापुरमा पानी परेन। 'किसानको धानखेतमा पानी परेन, सिँचाईको सुविधा छैन, अब किसानलाई पालिकाले मात्र राहत कसरी दिन सक्छ?' नरैना गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाह अहिले किसानलाई भोकमरीबाट कसरी जोगाउन सकिन्छ भन्‍ने योजनामा छन्। 

बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएपछि सोहनलाल यादवको अनुहार उज्यालो छैन। ५ जनाको परिवारलाई वर्षभरी अब के खुवाएर पाल्ने भन्‍ने पीरले घरी आकाश हेर्छन् त घरी खेत। सिचाइँको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका यादवले अब यस वर्ष रोपाइँ गर्न सकिँदैन भन्‍ने निश्कर्षमा पुगेका छन्। 'अब कसरी हुन्छ रोपाइँ? भएको धान पनि खडेरीले गर्दा सुक्दै गएको छ।' यादवले झण्डै एक विगाह जमिनबाट उत्पादन भएको धानले परिवार पाल्ने र बाँकी धान बिक्री गरेर अन्य खर्चको जोहो गर्दै आएका थिए। 'हामी त बर्वाद भएका छौँ,' सोहनलाल सुस्ताए। 

गाउँपालिकाका कृषि शाखाका कर्मचारी सदन भण्डारीका अनुसार नरैनापुरमा तीन हजार ७ सय ८ हेक्टर खेतीयोग्य जमिन छ। यो वर्षमा १५ प्रतिशत पनि रोपाइँ हुन सकेन। पालिकामा जम्मा २६० हेक्टरमा मात्रै सिचाइँ हुने गरेको छ। तर, रोपाइँ भएको १५ प्रतिशतमध्ये आधा धानले पानी नपाएर सुकेको छ। 

corrent noodles
Metro Mart
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय। 

गाउँपालिका वडा नम्बर ४ का सावितराम पासीले यो वर्ष काम खोज्‍न बजार पस्‍ने मनस्थिति बनाएका छन्। धान रोप्‍न नै नपाएकाले यो वर्ष छाक टार्न समस्या हुने देखेपछि नेपालगञ्‍ज पुगेरै ज्याला मजदुरी गर्नुपर्ने बाध्यता सावितरामलाई परेको छ। यहि बाध्यताबाट नरैनापुरका सैयौँ किसानहरु ग्रस्त छन्। गाउँका अगुवा किसानहरुले वडा कार्यालय, गाउँपालिकामा पुगेर जनप्रतिनिधिलाई खाद्यान्‍न संकटबाट बचाउन उपाय निकाल्नका लागि ताकेता गर्न थालेका छन्। 

संकटग्रस्त क्षेत्र घोषणा

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बेमौसमी वर्षाका कारण गत वर्ष खेतमै धान कुहिएर नष्ट भएको नरैनापुरमा यस वर्ष पानी नै नपरेपछि सुख्खा बनेको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। धान रोप्‍न नपाएपछि भोकमरी सिर्जना हुन सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। 

बाँकेका आठवटै पालिकाका प्रमुख-उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायतको उपस्थितिमा बसेको सर्वदलीय बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरी पर्याप्त सिँचाइ, वैकल्पिक बाली प्रवर्द्धन तथा राहत वितरणको व्यवस्थाका लागि लुम्बिनी प्रदेश सरकार र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीले बताए। 

गाउँपालिका वडा नम्बर ४ का सावितराम पासीले यो वर्ष काम खोज्‍न बजार पस्‍ने मनस्थिति बनाएका छन्। धान रोप्‍न नै नपाएकाले यो वर्ष छाक टार्न समस्या हुने देखेपछि नेपालगञ्‍ज पुगेरै ज्याला मजदुरी गर्नुपर्ने बाध्यता सावितरामलाई परेको छ।

'सुक्खा क्षेत्र नरैनापुरमा वैकल्पिक खेती गर्न कृषि ज्ञान केन्द्र र सम्बन्धित पालिकाले बिउबिजन उपलब्ध गराई बाली लगाउन कृषकलाई प्रोत्साहन गर्ने योजना पनि छ,' सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘भोकमरीको अवस्था आउन नदिन नरैनापुरलाई सहयोग गर्न विभिन्न दातृ निकाय तथा दुवै तहका सरकारसँग आग्रह गर्ने निर्णय विपद् व्यवस्थान समितिले गरेको छ।’ 

जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेको नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रदेश तथा संघीय सरकारलाई सिफारिस गरेको छ। समितिले प्रयाप्त सिचाई, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। गाउँपालिकाका प्रमुख मोहम्मद इस्तियाक अहमद शाहले सुख्खा परेकाले आफ्नो ठाउँका लागि केन्द्र, प्रदेश सरकारले विशेष प्याकेज दिनुपर्ने बताए। 

बाँकेको नरैनापुर पुगेका युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराज। 

पालिकाले रोपाइँ भएको धानलाई जोगाउन बिग्रेको बोरिङ बनाउने र खानेपानीका ट्यांकीलाई तत्काल सञ्‍चालन गर्ने काम गरिरहेको छ। गाउँपालिकामा दुईवटा बोरिङ र दशवटा खानेपानीका ट्यांकीहरु छन्। दुवै बोरिङ र पाँचवटा खानेपानीका ट्यांकी तत्काल सञ्‍चालनमा आउन सक्ने भएपछि गाउँपालिकाले काम सुरु गरेको अध्यक्ष शाहले बताए। 'खडेरीले गर्दा कृषिमा आश्रित बहुसंख्यक जनताको जीवन कष्टकर बन्‍ने अवस्था आउने देखिन्छ,' अध्यक्ष साहले भने, 'प्रदेश र सघीय सरकारको यथेष्ट ध्यान पुग्यो भने गाउँपालिका आफैले पनि हाम्रो जनतालाई भोकमरीबाट बचाउन सक्छौँ।'

गाउँपालिकालको विभिन्‍न क्षेत्रमा बाझो जमिन झन्‌-झन् सुक्दै जान थालेपछि खानेपानीको समय समस्या हुन थालेको छ। अहिले पानीको स्रोतहरु समेत सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार मच्चिने जोखिम बढेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मनोज शर्माले बताए।

सुख्खा नरैनानपुर राजनीतिक मुद्दा

झरी पर्ने नरैनापुरमा धुलो उड्छ। कार्यपालिका बैठकले गत साउन २६ गते सुख्खाग्रस्त क्षेत्र घोषणा नरैनापुरकै धुलोमा अहिले राजनीतिक दलका झण्डा बाकेको गाडीहरु दौडन्छन्। नेता, सांसद र मन्त्रीहरु पुग्छन्। 

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नरैनापुर गाउँपालिकास्थित सुख्खाग्रस्त क्षेत्रको निरीक्षण गरे। सिँचाईको अभावमा खडेरी परेको ठहर गर्दै गाउँपालिकाको स्थलगत निरीक्षण गर्दै मन्त्री गहतराजले तत्काल राहतको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए। लामो समयसम्म परेको खडेरीले ९० प्रतिशत रोपाइँ हुन नसकेपछि मानवीय विपद् तथा खाद्य संकट आउन सक्ने चिन्ता मन्त्रीले चिन्ता व्यक्त गरे। 

बाँकेको नरैनापुर पुगेको अर्थमन्त्री जनार्दन शर्मासहितको टोली। 

अर्थमन्त्री जनार्दन शर्मासमेत केही दिनअघि बाँकेको नरैनापुर पुगेका थिए। अर्थमन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताए। नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता गरेका मन्त्री शर्माले भारतीय सीमासँग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउँदै सुख्खा ग्रस्त क्षेत्रका लागि विशेष व्याकेज ल्याउने आश्वासन समेत दिए। गाउँपालिका अध्यक्ष साहले नरैनापुरका जनतालाई राहत प्याकेज दिन माग गरेपनि प्रदेश र संघीय सरकार अहिलेसम्म मौन छन्। 

गाँउपालिकाले डिप बोरिङ् र राहतको माग गर्दै प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ। अध्यक्ष शाहले लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको उपस्थितिमा ज्ञापनपत्र बुझाएका थिए। पालिकाको सबै वडाका किसानलाई सिचाइँको सुविधा हुने गरी डिप बोरिङ् जडान गर्न र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको उल्लेख छ।

नरैनापुर क्षेत्रबाटै लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य नमूनाले नरैनापुर अत्यन्तै पिछडिएको क्षेत्र भएको बताइन्। गत वर्षको बेमौसमी बर्सात्‌ले धान सखाप पारेको स्मरण गर्दै उनले यो वर्ष लामो खडेरीका कारण धान रोप्न नपाएका किसानको लागि राहत र सिचाइँको लागि डिप बोरिङको व्यवस्था गर्नको पहल भएको बताइन्। 

बाँकेको नरैनापुर गाउँपालिकामा भोकमरीको खतरा बढेको छ। सुख्खा खडेरीका कारण यस वर्ष नरैनापुरमा अधिकांश खेतीयोग्य जमिन बाँझोमा परिणत भएका छन्। खेती गर्न नपाएका कतिपय किसानको घरमा यो वर्ष भोकमरी समस्या उत्पन्‍न हुने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: Sep 12, 2022| 08:00 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।