शनिबार, मंसिर ६, २०८२

बार्सिलोनाको नजरमा कस्तो देखिँदै छन् लेवान्डोस्की?

नयाँ सिजनमै पाँच खेलमा आठ गोल गरिसकेका लेवान्डोस्की क्याटलान क्लबमा शीर्ष गोल स्कोरर बनिसकेका छन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- जर्मन च्याम्पियन बायर्न म्युनिखबाट स्पेनिस क्लब बार्सिलोना पुगेका फुटबल फरवार्ड रोवर्ट लेवान्डोस्कीले कम खेलमै गोल संख्या बढाएपछि धेरैको मन जितिरहेका छन्। बायर्नमा शानदार प्रदर्शन गर्दै शीर्ष गोलकर्ता बनेका उनले बार्सिलोनामा पनि उस्तै प्रदर्शन गरिरहेका छन्। 

National life

स्पेनिस ला लिगा र च्याम्पियन्स लिगमा गरेको प्रदर्शनले उनलाई चाँडै लयमा जान सहज भएको चर्चा सुरु भइसकेको छ। स्पेनिस ला लिगामा ५ खेल खेलेका लेवान्डोस्कीले चार खेलमा पाँच गोल गरिसकेका छन्। उनी ला लिगाकोको शीर्ष गोलकर्तासमेत हुन्।

नयाँ सिजनमै उनले पाँच खेलमा आठ गोल गरिसकेका लेवान्डोस्की क्याटलान क्लबमा शीर्ष गोलस्कोरर बनिसकेका छन्।  बुधबार राति भएको च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लेजनमाथि ५-१ प्रभावशाली जित निकाल्यो। बार्सिलोनाको जितमा लेवान्डोस्कीले शानदार ह्याट्रिक गरे। यो ह्याट्रिकसँगै लेवान्डोस्की च्याम्पियन्स लिगमा तीन फरक क्लबबाट ह्याट्रिक हान्ने पहिलो खेलाडी पनि बनेका छन्। वार्सिलोनाबाट चाहिँ उनको पहिलो ह्याट्रिक हो। 

नयाँ सिजन च्याम्पियन्स लिगको पहिलो खेलमा टिमको कप्तानी गरेका सर्जियो रोवेर्टोले लेवान्डोस्की अनुबन्ध हुनु क्लबका लागि सबैभन्दा अमूल्य उपहार भएको बताए।

ह्याट्रिकलाई क्लबका खेलाडी तथा प्रशिक्षक सबैले प्रशंसा गरेका छन्। खेलपश्चात् प्रशिक्षक जाभिले लेवान्डोस्कीले आफ्नो काम राम्रोसँग गरिरहेको र उनी क्लबका लागी महत्त्वपूर्ण खेलाडी बताएका छन्। 'म लेवान्डोस्कीसँग एकदमै खुशी छु। किनभने उनले आफ्नो काम राम्रोसंग गरिरहेका छन्। यो वर्ष अनुबन्ध गरेको सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन्। म क्लबको प्रशिक्षक भएपछि उनलाई क्लबमा भित्राउन चाहन्थे र अहिले म त्यसमा सफल पनि भएको छु।ʼ 

नयाँ सिजन च्याम्पियन्स लिगको पहिलो खेलमा टिमको कप्तानी गरेका सर्जियो रोवेर्टोले लेवान्डोस्की अनुबन्ध हुनु क्लबका लागि सबैभन्दा अमूल्य उपहार भएको बताए। उनले भने, 'नयाँ सिजनमा फर्वाडका रुपमा लेवान्डोस्कीलाई क्लबमा भित्राउनु क्लबका लागि अमूल्य उपहार हो। उनले टिममा आवश्यक परेको जस्तो अवस्थामा पनि गोल गर्न सक्छन्। हामी उनलाई क्लबमा पाउदा धेरै खुशी छौँ।ʼ साथै रोबेर्टोले लेवान्डोस्कीको विषयमा थप्दै उनी राम्रा व्यवसायिक खेलाडी रहेको र उनले यसअघिनै धेरै गोलहरु गरिसकेको बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 11, 2022| 19:06 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।