आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुदः मूलपानीका खेल रद्द, कीर्तिपुरमा सुदूरपश्चिम र पुलिसको जित

नवौं राष्ट्रिय खेलकुदः मूलपानीका खेल रद्द, कीर्तिपुरमा सुदूरपश्चिम र पुलिसको जित

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा जारी ३४ औं राष्ट्रिय पुरुष टी २० क्रिकेट प्रतियोगिताको चौथो दिन आइतबार सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले जित हात पार्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भएका छन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा जारी ३४ औं राष्ट्रिय पुरुष टी २० क्रिकेट प्रतियोगिताको चौथो दिन आइतबार सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले जित हात पार्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भएका छन्।

National life

आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गर्दै आफ्नो खातामा तीन अंक जोड्न सफल भएको हो। सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १४४ रन जोडेको थियो। सुदूरपश्चिमलाई जित दिलाउने क्रममा वसन्त खत्रीले ४१ बलमा ५३ रन जोडे। यस्तै मिलन बोहराले ३० बलमा ४४ र लोकेन्द्र चन्दले ११ बलमा २४ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। यस्तै बलिङतर्फ प्रदेश १ का फिरदोश अन्सारीले ४ ओभरमा १७ रन दिएर ३ विकेट हात पारे। यस्तै दिपेश कँडेलले ४ ओभरमा २७ रनका साथ २ विकेट र कमल खत्रीले ४ ओभरमा २३ रन १ विकेट हात पारे।

१४५ रनको लक्ष पछ्याएको प्रदेश १ ले निधारित ओभरमा ७ विकेटको क्षतिमा १३१ रन मात्र जोड्न सफल भयो। दिपेश कँडेल ३१ बलमा ३४ रन जोड्दै नटआउट रहे। फिरदोश अन्सारीले ३१ बलमा ३३ रन, सोनु मण्डलले १४ बलमा २६ रनका साथ नटआउट रहे र संदीप ढुंगानाले १४ बलमा १३ रन जोडे।

प्रदेश १ लाई पराजित गर्ने क्रममा म्यान अफ द म्याच मिलन बोहराले ४ ओभरमा १५ रनका साथ २ विकेट लिए। यस्तै हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले एक एक विकेट लिए।

कीर्तिपुर मैदानमा नै भएको दोश्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ९ विकेटको जित हात पार्यो। टस जितेर फिल्डिङ रोजेको पुलिसले कर्णाली प्रदेशलाई १९.३ ओभरमा ८५ रनमा अलआउट गर्न सफल भयो। कर्णालीका रविन्द्र शाहीले ४१ बलमा २७ रन जोडे। यस्तै विपिन रावलले ३३ बलमा १७ रन जोडे भने अन्य खेलाडी दोहोरो अंक जोड्न सकेनन्। पुलिसका दिपेन्द्र सिंह ऐरीले ३–३ ओभरमा १७ रन दिँदै ३ विकेट लिए। ललित राजवंशीले ४ ओभरमा २० रन दिँदै ३ विकेट लिए। यस्तै सागर ढकाल र मञ्जित श्रेष्ठले दुई–दुई विकेट लिए।

Laxmi sunrise bank
kumari

८६ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको पुलिस क्लबले १०.४ ओभरमा लक्ष्य भेट्टायो। पुलिसका सुनिल धमलाले २४ बलमा ४ चौका र ३ छक्काको मद्दतले ४४ रन र कुशल भुर्तेलले ४० बलमा ५ चौका र १ छक्काको मद्दतले ३९ रन जोडे। पुलिसको एक मात्र विकेट प्रकाश जैशीले लिए। उनले ३ ओभरमा २० रन दिए। यस्तै, दिनेश अधिकारीले १.४ ओभरमा २१ रन, अनुज चुनाराले १ ओभरमा १६ रन, दिवान पुनले ४ ओभरमा १५ रन र रविन्द्र शाहीले १ ओभरमा १५ रन दिए।

प्रतियोगिताको म्यान अफ दि म्याच पुलिसका ललित राजवंशी घोषित भए। आज पनि वर्षाका कारण मूलपानीस्थित क्रिकेट मैदानमा हुने भनिएका खेल खेल सुरु हुनुअगावै स्थगित भयो। मूलपानीमा हुने भनेको बागमती प्रदेश र एनआरएनए स्पोर्टस क्लब तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले खेल हुन नसके पछि अंक बाँड्न बाध्य भए। प्रत्येक टिमले नियम बमोजिम १–१ अंक बाँडे।

प्रकाशित: Sep 11, 2022| 17:45 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।