शनिबार, मंसिर ६, २०८२

'नाइन ए साइड फुटबल' ३ असोजदेखि

ब्यास युवा क्लब (भिवाईसी) को आयोजनामा असोज पहिलो साता तनहुँको दमौलीमा नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं– ब्यास युवा क्लब (भिवाईसी) को आयोजनामा असोज पहिलो साता तनहुँको दमौलीमा नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक भिवाईसीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर तेस्रो संस्करणमा ब्यास कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता असोज ३ गतेबाट १० गतेसम्म आयोजना गर्ने जनाएको हो। 

National life

दमौलीको बीपी वन बाटिकाको मैदानमा आयोजना हुने प्रतियोगितामा कुल ४२ टोलीले सहभागिता जनाउने क्लबका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए। नकआउट फर्म्याटमा सञ्चालन हुने प्रतियोगितालाई अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग हुने आयोजकले जानकारी दियो। खेल ७० मिनेटमा खेलाइने छ। ८ दिनसम्म चल्ने प्रतियोगिताको अनुमानित खर्च १३ लाख रहेको छ। नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने अध्यक्ष गुरुङले बताए। 

कास्की, स्याङ्जा, तनहुँ, चितवन, गोर्खा र लमजुङका टोलीले सहभागिता जनाउने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफिन्डरले जनही ५ हजार ५ सय रुपैयाँ पाउनेछन्। 

अघिल्ला दुई संस्करणमा सेभेन ए साइड प्रतियोगिताको आयोजना गर्दै आएको ब्यास युवा क्लबले तेस्रो संस्करणमा नाइन ए साइड प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रकाशित: Sep 11, 2022| 17:31 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।