शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अल्मुताइरीले त्यागे राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पद

अल्मुताइरीले त्यागे राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पद

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन्।

National life

सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै अल्मुताइरीले प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन्।

जिम्मेवारी सम्हालेको ५२५ दिनपछि प्रशिक्षकबाट बिदा लिएको उनले उल्लेख गरेका छन्। उनी गत कात्तिकमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए।

पछिल्लो समय थाइल्यान्डमा मैत्रीपूर्ण खेलेर नेपाल फर्किएपछि उनले राष्ट्रिय टिममा रहेका १० जना मुख्य खेलाडीलाई बन्द प्रशिक्षणबाट हटाएका थिए। उनले खेलाडी हटाएपछि आलोचना पनि भएको थियो।

पटक पटक विवादमा पर्दै आएका प्रशिक्षक अल्मुताइरीले एन्फासँग एक वर्षअघि तीन वर्षको सम्झौता भने गरेका थिए। तर खेलाडीसँगको विवादका कारण त्यो केसको छानबि गरी छानबिन समितिले केही समयअघि मात्र प्रतिवेदन बुझाएको थियो।।

Laxmi sunrise bank
kumari

त्यो प्रतिवेदन बुझाएको केही समयमा एन्फाले मुख्य प्रशिक्षक अल्मुताइरीलाई केही प्रश्न पनि सोधेको जनाएको थियो। यसैबीच एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ भने कतारमा छन्।

नेपाली टिमको प्रशिक्षकलाई कतारको फुटबल संघले नै तलबको व्यवस्था गर्दै आएको थियो। यो विषयमा एन्फाले भने केही सूचना दिएको छैन।

तर एन्फाले नेपाल र कतारी फुटबलका अध्यक्ष हमाद विब खलिफा बिन अहमद अल–थानीको भेटवार्ताबारे भने खुलाएको छ। ‘भेटमा दुई अध्यक्षबीच फुटबलका विषयमा विस्तृत छलफल भएको थियो। दुई अध्यक्षहरूले एन्फालाई कतार फुटबलको सहयोग जारी राख्दै दुई फुटबल संघहरूबीचको समन्वय र सम्बन्धलाई अझ बलियो बनाउन र विकासका क्षेत्रहरू अन्वेषण गर्ने तरिकाहरूमा ध्यान केन्द्रित गरे,’ एन्फाले शनिबार जारी गरेको सूचनामा लेखेको थियो।

नेपाली टिमको मुख्य प्रशिक्षक अल्मुताइरीलाई बर्खास्त गर्नका लागि यी दुई फुटबल संघबीच सहमति अनिवार्य गरिएको थियो। उनीहरुको भेट भएको भोलिपल्ट नै प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टिम छोडेको जानकारी दिएका हुन्।

नेपाली टिमका मुख्य प्रशिक्षक रहँदा यसअघि पनि अल्मुताइरीले दुई पटक राजीनामाको घोषणा भने गरिसकेका छन्। उनले साफ च्याम्पियनसिपको सेमिफाइनलमै नेपाली टिमबाट राजीनामाको घोषणा गरेका थिए। त्यस्तै, उनले एन्फाका तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई दोष देखाउँदै मुख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका थिए।

प्रकाशित: Sep 11, 2022| 16:48 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।