सोमबार, वैशाख १४, २०८३

राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिसको उपाधि संयोग र इभानालाई

संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४-१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

National life
kumari

काठमाडौं- ललितपुर–१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४-१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११-१, १३-११, १६-१८, ११-९ र ११-३ ले हराउँदै उपाधि जितेका हुन्। स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिला एकलमा ललितपुर वडा-१२ की इभाना थापामगरले संखुवासभाकी वियन्का राईलाई ११-८, ११-७, ११-३, ८-११, ९-११, ११-५ ले हराएर उपाधि जितिन्। यसै गरी, प्रतियोगितामा रनिङ शिल्ड ललितपुर-११ वडाले हात पार्‍यो।

ललितपुर-११ ले दुई स्वर्ण र एक कांस्य पदक जितेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य तथा स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र सचिव ज्याकी महर्जनलगायतले विजेतालाई पुरस्कृत गरे।

प्रकाशित: Sep 11, 2022| 12:25 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।