शनिबार, मंसिर ६, २०८२

ला लिगामा बर्सिलोना र एट्लेटिकोको सानदार जित

कार्डिजकै मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टिमविरुद्ध ४-० को जित निकालेको हो।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- स्पेनिस फुटबल ला लिगामा शनिबार राति बार्सिलोनाले कार्डिजविरुद्ध सानदार जित निकालेको छ। कार्डिजकै मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टिमविरुद्ध ४-० को जित निकालेको हो।

National life

बार्सिलोनालाई जित दिलाउनका लागि फ्रांकी डि जोङ, रोबर्ट लेवान्डोस्की, अन्सु फाति र ओउसमान डेम्बेलेले समान १-१ गोल गरेका थिए।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि बार्सिलोनाले समूर्ण गोल खेलको दोस्रो हाफमा नै गरेको थियो।

त्यस्तै, एट्लेटिकोको वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा भने घरेलु टिम एट्लेटिको मड्रिडले पाहुना टोली सेल्टा भिगोसँग ४-१ को जित निकालेको छ।

एन्जल कोरिया, रोड्रिको डि पल, यान्निक केट्जा र उनै नुएजले समान १-१ गोल गरेपछि खेलमा एट्लेटिकोले जित निकालेको हो। यता सेल्टाका लागि गाब्रि वेइजाले गोल फर्काएका थिए।

Laxmi sunrise bank
kumari

यो जितसँगै १० अंक बनाएको एट्लेटिको तालिकाको चौथौ स्थानमा उक्लिएको छ। त्यस्तै, १३ अंकका साथ बार्सिलाना शीर्षस्थानमा छ भने १२ अंक बनाएको रियल मड्रिड दोस्रो स्थानमा छ।

प्रकाशित: Sep 11, 2022| 10:27 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।