मंगलबार, फागुन १९, २०८२

भुटानसँग नेपाल पराजित

एएफसी एसियन कप छनोटको खेलमा नेपाल यू २० टिम भुटान यू २९ सँग २–० पराजित भएको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- एएफसी एसियन कप छनोटको खेलमा नेपाल यू २० टिम भुटान यू २९ सँग २–० पराजित भएको छ। बहराइनमा शनिबार राति सम्पन्न पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको हो।

भुटानसँग नै हारेपछि नेपाली यू २० का मूख्य प्रशिक्षक मेघराज केसीले यो हारलाई स्वीकार गर्न नसकिने हार भएको बताएका छन्। उनले भने, ‘आजको खेलमा नेपालले भुटानसँग हार्नु भनेको हामीले स्वीकार गर्न सक्ने नतिजा त होइन।’

खेलको पहिलो हाफमा नेपालले एक गोल बेहोरेको थियो भने दोस्रो हाफमा भुटानले अर्को गोल थपेको थियो। सोनाम छोजाङले खेलको ३३औं मिनेटमा गोल गरेका थिए। त्यस्तै, दोस्रो हाफको दोस्रो मिनेटमा नै कर्मा तासिले गोल गरेका थिए।

नेपाली डिफेन्डर अभिषेक वाइवाले खेलको इन्ज्युरी समयमा रातो कार्ड खाएपछि केहि समयका लागि नेपाली १० खेलाडीमा समेटिएको थियो। हारको कारणबारे कुरा गर्दै प्रशिक्षक केसीले बराइनको फरकपना, तापक्रममा एडजस्ट हुन नसक्नुले नै हारसम्म पुर्याउन ठूलो भुमिका खेलेको पनि जानकारी दिएका छन्।

‘खेलाडीको ज्यानमा शक्ति नै नभएको जस्तो भयो। हामीले अघिल्लो दिन पनि अभ्यास गरिरहेका थियौँ। नेपाली समयको दुई बजेसम्म हामी बाहिर बस्यौँ। त्यसले हामीलाई गाह्रो भयो,’ प्रशिक्षक केसीले भने।

kumari

बहराइनको वातावरणमा घुलमिल हुनका लागि भुटान १० दिन अघि नै त्यहाँ पुगेको थियो। तर नेपालले चाहिँ चाहिँ एक अभ्यास मात्र बहराइनमा गर्न पाएको थियो।

अब नेपाली टिम अर्को खेलको तयारीमा लागेको छ। अब एक/दुई दिनको रेस्टले अर्को खेललाई सहयोग गर्ने प्रशिक्षक बताउँछन्, ‘त्यो रेस्टमा खेलाडी कति रिकभर हुन्छ त्यसले पनि प्रभाव पर्छ हामीलाई।’

प्रकाशित: Sep 11, 2022| 09:43 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।