सोमबार, मंसिर १८, २०८०

संगीतकार श्रेष्ठको उपन्यास 'फरैना' बजारमा

संगीतकार सन्तोष श्रेष्ठको फरैना उपन्यास सार्वजनिक भएको छ। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो।
 |  शनिबार, भदौ २५, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं– संगीतकार सन्तोष श्रेष्ठको फरैना उपन्यास सार्वजनिक भएको छ। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो। लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय श्रेष्ठको यो पहिलो उपन्यास हो। 

sagarmatha cement

महिलाले भोग्नु परेको समस्यालाई केन्द्रमा राखेर लेखिएको फरैना पढ्दा आफू रोएको सुनाइन् सांसद शान्ता चौधरीले। उनले भनिन्, ‘उपन्यास पढ्दै गर्दा मैले हरफ हरफमा आफ्नै चित्र भेटेँ, निरन्तर आँसु बगिरह्यो।’ गीतकार कृष्णहरि बरालले उपन्यासमा मानविय संवेदना र प्रकृतिको सुन्दर चित्रण गरिएको सुनाए।

नायक राजेश हमालले मान्छेका हरेक संवेदनाहरुको चित्रण उपन्यसमा गरिएको भन्दै फरैनाको प्रसंसा गरे। उनले भने, ‘संवेदनालाई सरलीकरण गरिएको सुन्दर नमुना नै यस उपन्यासको विशेषता हो।’ त्यस्तै संविधानविद् भिमार्जुन आचार्यले श्रेष्ठको उपन्यासको बनोट र बुनोट लोभलाग्दो भएको टिप्पणी गरे।

लेखक सन्तोषले उपन्यासलाई आफ्नो संवेदनाको प्रतिरुपका रुपमा अर्थ्याउँदै भने, ‘मेरो मानसपटलमा लामो समयदेखि सलबलाएको चेतनाले आख्यानको यो आकार ग्रहण गरेको छ।’

इन्डिगो इन्कबाट प्रकाशित उपन्यासको मूल्य ३ सय ९९ रुपैयाँ राखिएको छ।

प्रकाशित: Sep 10, 2022| 15:02 शनिबार, भदौ २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।