शनिबार, असोज १०, २०८३

संगीतकार श्रेष्ठको उपन्यास 'फरैना' बजारमा

संगीतकार सन्तोष श्रेष्ठको फरैना उपन्यास सार्वजनिक भएको छ। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं– संगीतकार सन्तोष श्रेष्ठको फरैना उपन्यास सार्वजनिक भएको छ। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो। लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय श्रेष्ठको यो पहिलो उपन्यास हो। 

महिलाले भोग्नु परेको समस्यालाई केन्द्रमा राखेर लेखिएको फरैना पढ्दा आफू रोएको सुनाइन् सांसद शान्ता चौधरीले। उनले भनिन्, ‘उपन्यास पढ्दै गर्दा मैले हरफ हरफमा आफ्नै चित्र भेटेँ, निरन्तर आँसु बगिरह्यो।’ गीतकार कृष्णहरि बरालले उपन्यासमा मानविय संवेदना र प्रकृतिको सुन्दर चित्रण गरिएको सुनाए।

नायक राजेश हमालले मान्छेका हरेक संवेदनाहरुको चित्रण उपन्यसमा गरिएको भन्दै फरैनाको प्रसंसा गरे। उनले भने, ‘संवेदनालाई सरलीकरण गरिएको सुन्दर नमुना नै यस उपन्यासको विशेषता हो।’ त्यस्तै संविधानविद् भिमार्जुन आचार्यले श्रेष्ठको उपन्यासको बनोट र बुनोट लोभलाग्दो भएको टिप्पणी गरे।

लेखक सन्तोषले उपन्यासलाई आफ्नो संवेदनाको प्रतिरुपका रुपमा अर्थ्याउँदै भने, ‘मेरो मानसपटलमा लामो समयदेखि सलबलाएको चेतनाले आख्यानको यो आकार ग्रहण गरेको छ।’

इन्डिगो इन्कबाट प्रकाशित उपन्यासको मूल्य ३ सय ९९ रुपैयाँ राखिएको छ।

प्रकाशित: Sep 10, 2022| 15:02 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।