सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिप : पाकिस्तान र बंगलादेश खेल्दै, माल्दिभ्स र भारतको भिडन्त

साफ च्याम्पियनसिप : पाकिस्तान र बंगलादेश खेल्दै, माल्दिभ्स र भारतको भिडन्त

काठमाडौंमा जारी साफ च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगिता पहिलो खेलमा आज पाकिस्तानले बंगलादेशको सामना गर्न लागेको हो।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- काठमाडौंमा जारी साफ च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगिता पहिलो खेलमा आज पाकिस्तानले बंगलादेशको सामना गर्न लागेको हो।

National life

शनिबार दिउँसो १ बजे हुने खेलमा पाकिस्तान र बंगलादेशले खेल्नेछन्। च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा पाकिस्तानले भारतसँग हार बेहोरिसकेको छ।

यता  बंगलादेशले चाहिँ माल्दिभ्सविरुद्ध जित निकालेको थियो। त्यसैले आज बंगलादेश जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ। यता आठ वर्षपछि च्याम्पियनसिपमा फर्किएको पाकिस्तान पहिलो जितको खोजीमा हुनेछ।

आजै साढे ५ बजेबाट सुरु हुने खेलमा भने माल्दिभ्सले भारतको सामना गर्नेछ। भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको हो भने माल्दिभ्सले चाहिँ बंगलादेशसँग हार बेहोरेको थियो।

प्रतियोगिताको कमजोर टिम मानिएको माल्दिभ्स यो वर्ष सहभागितामै समिति हुने देखिएको छ। तर, उपाधि लक्ष्यका साथ नेपाल आएको भारत भने सहजै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ।

kumari

प्रकाशित: Sep 10, 2022| 07:29 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।