आइतबार, जेठ ३१, २०८३

गठबन्धन राष्ट्रिय आवश्यकता हो : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। 

National life

नेपाली कांग्रेस नवलपुरले शुक्रबार आयोजना गरेको जनताका साथमा कांग्रेस अभियानको समापन तथा बीपी जयन्ती कार्यक्रममा सहभागी भएका कोइरालाले सो धारणा व्यक्त गरेका हुन्। कोइरालाले भने, 'नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ तर अहिलेको राष्ट्रिय आवश्यकता भनेको गठबन्धन हो।'

कोइरालाले आफू पनि गठबन्धन गर्न हुँदैन भन्‍ने पक्षमा भएको भए पनि अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको बताए। 

फरक प्रसंगमा कोइरालाले अहिले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियरुपमा बीपीले स्थापना गर्नुभएको प्रजातान्त्रिक समाजवादको आवश्यकता बढ्दै गएको बताए। आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशलाई प्रजातान्त्रिक समाजवादको बाटोमा हिँडाउनसमेत कोइरालाले अपिल गरे। 

प्रकाशित: Sep 09, 2022| 21:40 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...