आइतबार, जेठ ३१, २०८३

साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपाल विजयी

पहिलो हाफमा भारतसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल थप्दै जित निकालेको हो।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- श्रीलंकामा जारी यू-१७ साफ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ ले हराएको छ। पहिलो हाफमा भारतसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल थप्दै जित निकालेको हो।

National life

श्रीलंकाको राजधानी कोलम्बोमा भर्खरै सम्पन्न खेलमा एक गालले पछि परेको अवस्थाबाट नेपालले पहिला हाफमा बराबरी गरेको थियो।

खेलको २५ औं मिनेटमा नै डेनी मैतेइल गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको निर्धारित समयको एक मिनेट बाँकी रहँदा नेपालका सरोज दर्लामीले गोल फर्काएका थिए।

खेलको दोस्रो हाफमा नेपालका लागि उनेश बुढाथोकी र सुवास बमले गरेका थिए। खेलको ४९ औं मिनेटमा गोल गर्दै उनेशले अग्रता दिलाएका थिए भने ६७ औं मिनेटमा गोल गर्दै सुवासले अग्रतालाई  ३–० मा पुर्याएका थिए।

आजको खेलमा जित निकालेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। आजको खेलमा पराजित भएसँगै भारतले भने सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ। भने नेपालले श्रीलंकाको सामना गर्नेछ।

Shivam cement

प्रकाशित: Sep 09, 2022| 17:48 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।