शनिबार, मंसिर ६, २०८२

बर्खामा क्रिकेट : दुई दिनमा आठ खेल, सात खेल अवरुद्ध

कीर्तिपुर र मूलपानीमा रहेका खेल मैदानमा खेलाइँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ११ टिम सम्मिलित क्रिकेटलाई बाधक बन्यो बर्खा।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटका खेल २३ भदौबाट काठमाडौंमा सुरु भइसकेको छ। राष्ट्रिय खेलकुदका लागि २८ असोजदेखि ३ कात्तिकको मिति तोकिए पनि सो मितिमा नेपाल टी–२० क्रिकेट लिग हुने भएपछि क्रिकेटका प्रतियोगिता चाँडै हुन लागेका हुन्।

National life

देशभरका १० र एनआरएनएको एक टिम सम्मिलित प्रतियोगिताको पहिलो दिनमा चार खेल भएका थिए। तीमध्ये एउटा खेल मात्र सम्पन्न हुन सक्यो–त्यो पनि ६ ओभरमा झारेर।

प्रतियोगिताअन्तर्गत पहिलो दिनको पहिलो खेलमा एनआरएनए स्पोट्र्सले सुदूरपश्चिमसँग खेलेको थियो। वर्षाका कारण यो खेल ६ ओभरमा मात्र चलाइएको थियो। त्यो खेलमा एनआरएनएले १२ रनको जित निकालेको हो।

मूलपानीमा सोही दिन आयोजित मधेस र गण्डकीको खेल सुरु नभइकनै स्थगित भएको थियो यो भने कीर्तिपुरमा आयोजित बागमती र प्रदेश १ को खेल पनि स्थगित भयो। पहिलो दिनको चौथो खेलमा लुम्बिनी र कर्णाली भिड्ने तय थियो। मौसमले त्यो खेललाई पनि साथ दिएन।

दोस्रो दिनको पहिलो खेलमा कीर्तिपुरमा एनआरएनएले एपीएफसँग खेल्ने खेल पनि मौसमकै कारण टस १५ मिनेट ढिलो भएको थियो। त्यस कारण खेललाई १९ ओभरमा झारिएको थियो। पहिले ब्याटिङ गरिरहेको एनआरएनएले १३ ओभर तीन बलमा दुई विकेट गुमाएर १२० रन बनाएको थियो।

Laxmi sunrise bank
kumari

सुनाम गौतमले ४५ रन बनाएका थिए भने पृथु बास्कोटा २६ रनमा अपराजित थिए। तर वर्षा सुरु भएपछि सो खेल पनि रोकियो र नतिजाविहीन भयो। यससँगै एनआरएनएले तीन अंक बनाएको छ।

सोही समयमा मूलपानीमा आयोजना भएको खेलमा पुलिसले मधेसविरुद्ध एक बल पनि खेल्न सकेन। दिउँसो पानी परेर मैदान चिसो भएपछि खेल हुन नसकेको हो। कीर्तिपुरका मैदानमा अर्को खेल पनि त्यस्तै भयो। सुदूरपश्चिम र बागमतीको खेल हुन सकेन।

दोस्रो दिनको अन्तिम खेल आर्मी र कर्णालीको थियो। यो खेललाई पनि वर्षाले पूरा वासआउट गरेको छ। दुई दिनमा आयोजना भएका आठ खेल नै पूरा हुन सकेका छैनन्। एक खेलबाहेक कुनै खेलमा पनि नतिजा निस्किएको छैन। नतिजा निस्किएको खेलमा पनि खेललाई ६ ओभरमा झारिएको थियो। प्रतियोगिताको फाइनल खेल आगामी १६ तारिखमा हुनेछ। 

प्रकाशित: Sep 09, 2022| 17:07 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।