आइतबार, जेठ ३१, २०८३

के रोनाल्डोले हस्ताक्षर गरेको जर्सी मागेकी थिइन् महारानीले?

सन् २०२१ मा पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस्बाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किए। सोही वर्ष म्यानचेस्टरले उनका १९ लाख ५० हजार थान जर्सी बेचेपछि स्पोर्ट इनोभेसन सोसाइटी नामक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ट्वीट गर्दै महारानीले रोनाल्डोले हस्ताक्षर गरेको जर्सी मागेको दाबी गरेको थियो। तर उक्त दाबी पछि सत्य नभएको पुष्टि भयो।
 |  शुक्रबार, भदौ २४, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजावेथ द्वितीय महारानी एलिजावेथ द्वितीय खेलप्रति पनि रुचि राख्थिन्। ९६ वर्षको उमेरमा बिहीबार निधन भएकी महारानीका विभिन्न खेलकुदसम्बन्धी किस्साहरू सुन्न पाइन्छन्। गत वर्ष उनी र फुटबलर रोनाल्डो जोडिएको एक किस्सा सञ्चारमाध्यममा बहसको विषय बनेको थियो।

National life

पाँच पटकका वालोन डीओर विजेता पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस्बाट आफ्नो पुरानो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका थिए। आफ्नो पुरानो क्लबमा फर्किएपछि उक्त वर्ष रोनाल्डोको ट्रान्सफर न्यूजले निकै ठूलो हलचल ल्यायो। रोनाल्डो फर्किएको वर्ष म्यानचेस्टर युनाइटेडले १९ लाख ५० हजार थान जर्सी बेच्यो, जुन अघिल्लो वर्षको तुलनामा धेरै हो। 

‘पछिल्ला दिनहरूमा महारानीको विषयमा आएका सबै कुरा झुट हुन्, त्यसमा कुनै पनि सत्य छैन।’

युनाइटेडले अघिल्लो वर्ष सन् २०२० मा करिब १० लाख थान जर्सी मात्र बिक्री गरेको थियो। रोनाल्डोको अनुबन्धले युनाइटेडको सामाजिक सञ्जालमा फलोअर्स बढ्ने तथा आफ्नो बिक्री हुने जर्सीको मात्रा पनि बढ्यो। त्यही समय स्पोर्ट इनोभेसन सोसाइटी नामक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले एउटा ट्वीट गर्दै महारानीले रोनाल्डोले हस्ताक्षर गरेको जर्सी मागेको दाबी गर्‍यो। उक्त ट्वीटमा लेखिएको थियो, ‘बेलायती महारानी एलिजावेथ द्वितीयले व्यक्तिगत रूपमा म्यानचेस्टर युनाइटेडसँग रोनाल्डोले हस्ताक्षर गरेको ८० थान क्लबको जर्सी आफ्ना स्टाफलाई उपलब्ध गराइदिन अनुरोध गरेकी छन्।’

उक्त ट्वीटले सञ्चार माध्यममा तहल्का नै मच्चायो। यो फुटबलका लागि मात्रै ठूलो खबर थिएन किनकि महारानीले आफ्नो जीवनभरि कुनै पनि व्यक्तिसँग अटोग्राफ मागेकी थिइनन्। यस्तो अवस्थामा फुटबलका सुपरस्टार क्रिष्टियानो रोनाल्डो रानी एलिजावेथ द्वितियले अटोग्राफ मागेको संसारकै पहिलो व्यक्ति बन्नेछन्।

के महारानी एलिजाबेथ द्वितीयले क्रिस्टियानो रोनाल्डोसँग हस्ताक्षर गरिएको जर्सी मागेकी हुन्?

Shivam cement

स्पोर्ट इनोभेसन सोसाइटीले गरेको ट्वीटले सञ्चार माध्यममा ठूलो चर्चा बटुल्दै गर्दा यो कुराको कुनै पनि प्रमाण भने थिएन। त्यसैले एक किसिमले हेर्दा यो ट्वीटमा कुनै सत्यता छैन भन्ने आशंका गरिएको थियो। ट्वीट सत्य नभएको भन्दै चौतर्फी आलोचना हुन थाल्यो। आलोचनापछि स्पोर्टस् इभेन्टले ट्वीट गरेको केही समय नबित्दै सत्य पुष्टि नगरेकामा माफी माग्दै उक्त पोस्टलाई डिलिट गर्‍यो।

महारानीको विषयमा सत्य नजिक नपुगी यस्ता कुरा सञ्चार माध्यममा फैलिएपछि बेलायतको न्यूज वेबसाइट डेली एक्सप्रेसले पूर्ण विवरणसहितको एक रिपोर्ट तयार पार्‍यो, जहाँ उसले खुलाएको थियो, ‘पछिल्ला दिनहरूमा महारानीको विषयमा आएका सबै कुरा झुट हुन्, त्यसमा कुनै पनि सत्य छैन।’

स्पोर्ट्स इभेन्टको ट्वीटपछि अन्य विभिन्न सञ्चार माध्यमले यो कुरालाई उठाएका थिए। धेरैले यसलाई सत्य हो भन्दै स्रोतलाई उद्धृत गर्दै लेख्न थाले। तर यो खबरलाई कसैले पनि विश्वसनीय स्रोतद्वारा पुष्टि गर्न सकेनन्। महारानी एलिजावेथ खुला रूपमा कुनै पनि फुटबल क्लबको समर्थक थिइनन्। तर अन्तर्राष्ट्रिय स्रोतका अनुसार विगतमा महारानीका खेलकुदतर्फका सल्लाहकारले वेस्ट ह्याम र आर्सनल क्लबलाई समर्थन गरेका थिए। यसले गर्दा महारानीले यी दुई क्लबलाई भित्री रूपमा समर्थन गरेको मान्न सकिन्छ। (एभीपी लाइभ, फ्याक्ट चेक र मार्काको सहयोगमा) 

प्रकाशित: Sep 09, 2022| 19:20 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।