आइतबार, जेठ ३१, २०८३

सबै नेतालाई एकै तौलमा जोखिनु अनुचित : नेता पौडेल

बीपीका आदर्श र सिद्धान्तमा कंैची लगाउनेहरूले कांग्रेस हिँड्ने बाटो छाडेको नेता पौडेलको दाबी।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै पार्टी र सबै नेता एकै हुन् भनेर व्याख्या गर्नु अनुचित हुने बताएका छन्। शुक्रबार जनताको साथमा कांग्रेस अभियान समापन तथा बीपी जन्मजयन्ती अवसरमा तनहुँमा आज आयोजित कार्यक्रममा नेता पौडेलले सबै पार्टी र नेता उही ड्याङका मूला नभएको बताएका हुन्।

National life

उनले भने, ‘सबै नेता भ्रष्टाचारी छैनन्। बदमास र गतिला सबै नेतालाई एकै तौलमा जोख्नु अनुचित हो।’ विचार र विवेक पुर्‍याएर जनताले नेता चयन गर्न सक्नुपर्ने उनको भनाइ छ।

जनतालाई अधिकार दिलाउने र गाउँको विकास गर्ने नेता तथा पार्टीलाई जनताले सहयोग गर्नुपर्ने उनले बताए। समाजमा कसको योगदान के छ भनेर हेरिनुपर्नेमा उनले जोड दिए। कांग्रेसमाथि बीपीका सिद्धान्त र बाटो छाडेको आरोप लाग्ने गरे पनि आफूहरूले त्यो बाटो नछाडेको उनको दाबी छ।

‘बीपीका आदर्श र सिद्धान्तमा कंैची लगाउनेहरूले उनको बाटो छाडेका हुन्। तर हामीले बीपीको बाटो छाडेनौं। संविधान बनाउनु पनि बीपीकै बाटो हिँडेको हो,’ उनले भने।

प्रकाशित: Sep 09, 2022| 16:05 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...