आइतबार, मंसिर ७, २०८२

लिग सकिएको ६ महिनापछि एन्फाले बाँड्यो पुरस्कार रकम

सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मछिन्द्र क्लबले ७५ लाख, उपविजेता त्रिभुवन आर्मी क्लबले ५० लाख र तेस्रो न्यूरोड टिम एनआरटीले पनि २५ लाख पुरस्कार पाएका हुन्।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग र ‘बी’ डिभिजन लिग सकिएको लामो समयपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजेता क्लबलाई पुरस्कार बाँडेको छ। एन्फाले सूचना जारी गर्दै पुरस्कार वितरण गरिएको बताएको हो।

National life

सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मछिन्द्र क्लबले पुरस्कारबापतको ७५ लाख प्राप्त गरेको छ। त्यस्तै, उपविजेता त्रिभुवन आर्मी क्लबले ५० लाख र तेस्रो न्यूरोड टिम एनआरटीले पनि २५ लाख नेपाली रुपैयाँ पाएको छ। फ्रेन्ड्स क्लब कुपन्डोल र सातदोबाटोले पनि समान २–२ लाख पुरस्कार पाएका छन्।

प्रतियोगितामा सबैभन्दा धेरै म्यान अफ दी म्याचको पुरस्कार पनि मछिन्द्र क्लबका खेलाडीले पाएका छन्। मछिन्द्रका खेलाडीले १ लाख १० हजार पाएका छन् भने आर्मीका खेलाडीले ९० हजार, एनआरटी, थ्रीस्टार, हिमालयन शेर्पा, संकटा र सातदोबाटोका खेलाडीले समान ७०, फ्रेन्ड्सले ५० हजार पुरस्कार पाएका छन्। यो म्यान अफ दी म्याचबापतको पुरस्कार रकम हो।

एन्फाले ‘ए’ डिभिजन क्लबका लागि कुल एक करोड ६० लाख पुरस्कार दिएको छ भने म्यान अफ दि म्याचका लागि ९ लाख १० हजार पुरस्कार दिएको छ। त्यस्तै टिडिएसमा ३७ लाख ५० हजार खर्च भएको छ। त्यस्तै, ‘बी’ डिभिजनबाट उपाधि जितेको चर्च ब्वाइजले पनि १५ लाख पुरस्का पाएको छ। म्याच मनी नपाएका क्लबले पनि पैसा पाएका छन् भने दोस्रो हुने क्लबले पनि पुरस्कार पाएको छ।

एन्फाले ‘बी’ डिभिजन लिगको ५४ लाख ९२ हजार रकम क्लब र खेलाडीलाई दिएको हो। अहिले ‘ए’ डिभिजन लिग सकिएको ६ महिना भएको छ भने ‘बी’ डिभिजन लिग सकिएको १ महिना पूरा भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 09, 2022| 14:36 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।