बिहीबार, साउन २१, २०८३

आफ्नो नाम समानुपातिकमा सिफारिस गरिएकोमा केसीको आपत्ति

नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले समानुपातिकतर्फ नाम सिफारिस गरेको प्रति केन्द्रीय सदस्य बलबहादुर केसीले असहमति जनाएका छन्।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले समानुपातिकतर्फ नाम सिफारिस गरेको प्रति केन्द्रीय सदस्य बलबहादुर केसीले असहमति जनाएका छन्। उनले आफूसँग कुनै छलफल र सल्लाह नगरी अलोकतान्त्रिक, विधि विधान र केन्द्रीय परिपत्र विपरीत उम्मेदवारको नाम सिफारिस गरिएको बताएका छन्। 

केसीले सामाजिक सञ्जालमार्फत आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रत्यक्षतर्फबाट नै सहभागी हुने बताएका छन्। 

नेपाली कांग्रेस सोलुखुम्बुले केन्द्रीय सदस्य केसीको नाम समानुपातिकतर्फ सिफारिस गर्दै अर्को केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको थियो। 

जिल्ला कार्यसमितिले नाम सिफारिस गर्दा केसी आमाको मृत्यु संस्कारको १३औं दिने काजकिरियामा थिए। त्यही बेला केसीको डाईवेटिज, कम रक्तचाप र डेङ्गु संक्रमणको बिरामी भई अस्पतालमा उपचारत थिए। 

केसीले सामाजिक सञ्जालमा अलोकतान्त्रिक, विधि विधान र केन्द्रीय परिपत्र विपरीत उम्मेदवारी सिफारिसलाई लिएर सामाजिक सञ्जालहरूमा गरिएको गलत प्रचारप्रति घोर भर्त्सना गर्दै पुर्णरुपले असहमति प्रकट गर्ने उल्लेख गरेका छन्। 

सोलुखुम्बुमा केसी डा शेखर कोइराला निकट समूहको नेतृत्व गर्ने गरेका छन् भने शेर्पाले सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरेका छन्। 

१४औं महाधिवेशन अन्तरगत भएको जिल्ला अधिवेशनमा केसी निकट विनोद बस्नेतलाई पराजित गर्दै सभापतिमा शेर्पा निकट नाम्गेल जाङ्गु शेर्पा निर्वाचित भएका थिए।

प्रकाशित: Sep 09, 2022| 13:21 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...