शनिबार, मंसिर ६, २०८२

सुधारिएको प्रदर्शनसँगै भारतलाई पराजित गर्ने नेपालको चाहना

भुटानविरुद्धको खेलमा संघर्षपूर्ण २ गोल गरेर नेपालले सेमिफाइनल यात्रा तय गरे पनि शुक्रबार भारतसँग हुने प्रतिस्पर्धामा थप मिहिनेत गर्नुपर्ने दबाब छ।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं– यू–१७ साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानमाथि २–१  को संघर्षपूर्ण जित निकाल्यो। त्यो जितले नेपालको सेमिफाइनल यात्रा तय भएको छ। तर नेपाली टिमले चित्तबुझ्दो प्रदर्शन भने गर्न सकेन।

National life

जितले खुसी हुनुपर्ने समय नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले यसै भनेका छन्। ‘हामी यो खेलमा जित निकाल्न चाहन्थ्यौं। जित निस्किए पनि हाम्रा खेलाडीबाट सन्तुष्ट भने छैन। हामीले अझ राम्रो खेल्न सकेनौं,’ खेलपछिको पत्रकार सम्मेलनमा उर्जनले भने।

नेपालले खेलको १३औं मिनेटमै अग्रता बनाएको थियो, जहाँ उनेश बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा नेपालले गोल गर्न सकेन।

पहिले नेपालको यू–१६ टिमका खेलाडीलाई नै मिलाएर अहिले अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१७ टिम तयार गरेको छ। त्यसमा नयाँ खेलाडी समावेश हुने नै भए। कोभिड महामारीले पनि तालिका उस्तै रहन दिएन।

त्यसैले पनि नेपाली खलाडीलाई पहिलो खेलमा समस्या भएको प्रशिक्षक बताउँछन्। ‘सायद यो पहिलो खेल भएर पनि हुनुपर्छ, खेलाडीले दबाब महसुस गरेका छन्। त्यसैले प्रदर्शनको हिसाबले यो खेलबाट खुसी छैन,’ उर्जनले भने।

Laxmi sunrise bank
kumari

खेलको दोस्रो हाफको ५७औं मिनेटमा सीमान्त थापाले गोल गर्दै नेपालको अग्रता बढाएका थिए। तर खेलको ६८औं मिनेटमा भुटानको जेसुन दोर्जेले गोल फर्काएर नतिजालाई २–१ बनाएका थिए।

अब अर्को खेलमा नेपालले भारतसँग खेल्दै छ। नेपाल र भारतको खेल शुक्रबार दिउँदो पौने ४ बजेबाट श्रीलंकामा सुरु हुँदै छ। अर्को खेलमा खेलाडी परिवर्तन गर्ने सोच छ? उर्जन त्यो विशेष नभएको र त्यसो नगरिने बताउँछन्। उनले भने, ‘हाम्रा केही खेलाडीलाई चोट लागेको छ। त्यसैले मैले प्लेइङ स्टाइलमा अलिकति परिवर्तन गर्नुपर्छ कि भन्ने सोचेको छु। अब कति खेलाडी रिकभर हुन्छन् भन्ने मात्र हो।’ पहिलो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको छ। 

उनले श्रीलंकाका न्युट्रल फ्यानलाई पनि धन्यवाद दिएका छन्। यदि शुक्रबारको खेलमा नेपालले जित निकाले नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ। पराजित भए नेपालले सेमिफाइनलमा अर्को समूहको विजेतासँग खेल्नुपर्ने हुन्छ।

अब सेमिफाइनलमा तपाईं कुन प्रतिद्वन्द्वी चाहनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मलाई लाग्छ, श्रीलंका पाइयो भने ठीक हुनेछ।’


प्रकाशित: Sep 09, 2022| 12:10 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।